News Portal

  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक क्वारेन्टाइनमा

    ७९९ पटक

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बसेको उनी स्वयंले जानकारी दिएका छन् । आफूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएपछि आफू क्वारेन्टाइनमा बसेको टेड्रोसले सोमबार बिहान ट्विटरमाफर्त जानकारी दिएका हुन् ।

    आफूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको र विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् । आइसोलेसनबाटै काम गर्ने पनि टेड्रोसले जानकारी दिएका छन् ।

    कोरोना भाइरस संक्रमणको श्रृंखलालाई रोक्न सबैले स्वास्थ्य मापदण्ड पालना गर्न अति जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको कठाईका साथ पालना गरेर मात्रै कोभिड–१९ भाइरसलाई दबाउन र स्वास्थ्य प्रणालीको रक्षा गर्न सकिने महानिर्देशक टेड्रोसले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...