News Portal

  • अस्ट्रियाको भियनाका ६ स्थानमा बन्दुकधारीहरुद्वारा भीषण आक्रमण, १५ जना घाइते

    भक्तपुर, १८ कात्तिक
    ९९० पटक
    भक्तपुर, १८ कात्तिक

    एजेन्सी । अस्ट्रियाको मध्य भियनाका ६ भिन्दाभिन्दै स्थानमा बन्दुकधारीले आक्रमण गरेका छन्। ठूलो संख्याका बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बीबीसीले दुईजनाकाे मृत्यु भएकाे बताएको छ ।

    प्रहरीको जवाफी कारवाहीमा एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्का आक्रमणकारीको खोजी भइरहेको भनिएको छ ।

    अस्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जले यसलाई ‘आतंकवादी आक्रमण’ भनेका छन्। घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रहरीले आतंकवादीविरोधी कारबाही सुरु गर्दै घटना भएका क्षेत्रमा नहिँड्न र सार्वजनिक यातायात प्रयोग नगर्न भनेको छ। यस्तै, सहरमा ठाउँठाउँमा सडक अवरुद्ध गरिएको छ। छिमेकी चेक रिपब्लिकले पनि सीमामा छड्के चेक सुरु गरेको जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण रोक्न नयाँ प्रतिबन्ध लागू हुनु केही घण्टा अघि यो आक्रमण भएको हो। नयाँ नियमअनुसार बार र रेस्टुरेन्टहरु नोभेम्बरको अन्त्यसम्म बन्द रहनेछन् ।

    यो आक्रमणको युरोपेली मुलुकका नेताहरुले भत्र्सना गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले घटनाबाट आफू स्तब्ध भएको जनाउँदै यसलाई आतंकवादी आक्रमण भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...