News Portal

  • वैधानिक भोटमात्र गने म सजिलै जित्छुः ट्रम्प

    ७६४ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैधानिक भोटमात्र गने आफूले जित्ने दाबी गरेका छन् ।

    ६ राज्यमा मतगणना जारी रहेका बेला शुक्रबार ट्विट गर्दै ट्रम्पले ती राज्यहरूमा अवैधानिक मत खसालिएको दाबी गरेका छन् ।

    ‘वैधानिक भोटमात्रै गने अमेरिकाको राष्ट्रपतिमा मैले सजिलै जित्छु। कुनै पनि रूप र ढंगबाट पर्यवेक्षकहरूलाई उनीहरूको काम गर्न अनुमति नदिइएको बेलामा खसेका मतलाई अवैधानिक मान्नुपर्छ । र अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्नुपर्छ,’ ट्रम्पले भनेका छन् ।

    डेमोक्र्याटहरूले राष्ट्रपति जित्नमात्र होइन सिनेटमा बहुमत पुर्‍याउन पनि विभिन्न उपाय लगाइरहेको ट्रम्पको आरोप छ ।

    यसअघि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै विभिन्न राज्यमा मुद्दा हालेका थिए ।

    अहिलेसम्म उनका प्रतिष्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन्। अब पेन्सलभेनिया ९२००, नर्थ क्यारोलाइना ९१५०, जर्जिया ९१६०, एरिजोना ९११०, नेभडा ९६० र आलस्का ९३० को अन्तिम परिणाम आउन बाँकी छ ।

    यी राज्यहरूमध्ये नेभडा र एरिजोनामा बाइडेनको अग्रता छ भने बाँकी चारमा ट्रम्प अगाडि छन्। बाँकी रहेकामध्ये ठूलो राज्य पेन्सलभेनियामा ट्रम्प केही हजार मतले मात्र अगाडि छन् भने जर्जियामा पनि उनको मतान्तर निकै झिनो छ ।

    अमेरिकामा कसले राष्ट्रपति जित्छ भन्ने टुंगो लाग्न अझै केही घन्टा कुर्नुपर्ने देखिन्छ ।

    डेमोक्र्याटहरूले भने विभिन्न माध्यमबाट खसेका सबै मत गणना हुनु पर्ने बताइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...