News Portal

  • साथीको खोजीमा ३,००० किलोमिटर यात्रा गरेको एक बाघ

    २२२७ पटक

    एजेन्सी । एक बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड तोडेको छ । भारतको ‘वकार’ नामको बाघले यो रेकर्ड तोडेको हो । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा पशु विहारलाई आफ्नो घर बनाएको छ ।

    वन्यजीव अधिकारीले यो बाघलाई ‘वाकर’ नाम दिएका हुन् ।

    साढे तीन वर्षको यो भाले बाघले गत वर्ष जूनमा महाराष्ट्रको एक पशु विहारमा अवस्थित आफ्नो घर छोडेको थियो ।

    यो बाघ बाघ सम्भवतः शिकार, आफ्ना लागि भिन्न इलाका वा एक साथीको खोजीमा थियो ।

    रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गर्यो । र अब उक्त बाघ एक स्थानमा बसिसकेको छ ।

    भेट्यो स्थानः
    २०५ वर्ग मिटरमा फैलिएको ज्ञानगंगा पशु विहार क्षेत्रमा चितुवा, निलगाई, जंगली सुँगुर, मयुर र हिरण बस्छन् ।

    वन्यजीव अधिकारीका अनुसार वाकर त्यहाँ बस्ने एकमात्र बाघ हो ।

    महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकरले बीबीसीलाई भने, ‘अब उसलाई सीमाको कुनै चिन्ता छैन र यहाँ शिकार पनि पर्याप्त छ ।’

    अन्य वन्यजीव अधिकारीले भने वाकरलाई सम्भोग साथी दिनका लागि एक पोथी बाघलाई पनि उक्त स्थान ल्याउने हो कि भनेर विचार गरिरहेका छन् ।

    बाघ एक्लै बस्न सक्ने जीव होइन । त्यसैले उसलाई साथीको आवश्यकता पर्छ । तर पशु विहार क्षेत्रमा अर्को एउटा बाघ लैजानु सहज निर्णय भने होइन ।

    काकोडकर भन्छन्, ‘ज्ञानगंगा कुनै ठूलो स्थान होइन । यसको चारैतिर खेती हुन्छ । यसबाहेक यदि वाकरले यहाँ प्रजनन गर्यो भने पनि अन्य जनावरमाथि दबाब बढ्नेछ ।’

    रेडियो कलरले ट्र्याकिङः
    वाकरलाई गत वर्ष फेब्रुअरीमा एक रेडियो कलर लगाइएको थियो ।

    उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनको वर्षा सुरु हुञ्जेल जंगलमा घुम्न जारी राख्यो ।

    वन्यजीव अधिकारीले भने, ‘वाकरले ३००० किलोमिटरको यात्रामा सीधा गरेको होइन । हरेक घण्टा जीपीएसको सहारामा उसको स्थान दर्ता गरिन्थयो । यतिबेला वाकरको ५ हजारभन्दा बढी स्थान दर्ता गरियो ।’

    वाकरलाई अधिकांश हिस्सामा नदी, नाला र राजमार्गका साथै खेतमा, कहिले अघि, कहिले पछि यात्रा गर्दै गरेको ट्र्याक गरियो ।

    महाराष्ट्रमा जाडोयाममा कपास फलाउने मौसम हुन्छ । कपासको अग्लो बोटबीच बाघ सजिलै लुकीलुकी अघि बढिरह्यो । ऊ धेरैजसो यात्रा राती गर्दथ्यो, खानाका लागि जंगली सुँगुर र गाई मार्दथ्यो ।

    आफ्नो यो लामो र जोखिमयुक्त यात्राका क्रममा वाकर एक पटक मात्रै मनुष्यसँग संघर्षमा आएको थियो । एक व्यक्ति उसको पञ्जाको निशानको सहारामा एक घना झाडीमा बसेको वाकर भएसम्म पुगेको थियो । यी व्यक्तिलाई साधारण चोट लागेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...

    आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा शुरु, शैक्षिक परामर्श पाइने

    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशनले नेपालमा अर्को शाखा भक्तपुरको सूर्यविनायकमा...

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...