News Portal

  • विश्वभर कोरोना संक्रमित ५ करोड ६७ लाख नाघ्योे

    १०२३ पटक

    एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ६७ लाख ५४ हजार ६ सय ६९ पुगेको हो । हालसम्म १३ लाख ५७ हजार ६ सय ४१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ३ करोड ६३ लाख ५८ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

    संक्रमितको संख्याका हिसाबले कोरोनाबाट बढी प्रभावित १० मुलुकमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, इटाली र कोलम्बिया रहेका छन् ।

    संक्रमितको संख्या अमेरिकामा १ करोड १६ लाख ८९ हजार ५ सय ४५, भारतमा ८९ लाख ५८ हजार ४ सय ८३, ब्राजिलमा ५९ लाख ४५ हजार ८ सय ४९, फ्रान्समा २१ लाख ३६ हजार ८ सय ६७, रुसमा १९ लाख ९८ हजार ९ सय ६६, स्पेनमा १५ लाख ४१ हजार ५ सय ७४, बेलायतमा १४ लाख ५६ हजार ९ सय ४०, इटालीमा १३ लाख ८ हजार ५ सय २८ र कोलम्बियामा १२ लाख २५ हजार ४ सय ९० रहेको छ ।

    यस्तै, मृत्यु हुनेको संख्याका हिसाबले बढी प्रभावित १० मुलुकमा अमेरिका नै पहिलो नम्बरमा रहेको छ। अमेरिकामा २ लाख ५२ हजार २ सय ९०, ब्राजिलमा १ लाख ६७ हजार ४ सय ५५, भारतमा १ लाख ३१ हजार ५ सय ७८, मेक्सिकोमा ९९ हजार ५ सय २८, बेलायतमा ५३ हजार ८ सय ७०, इटालीमा ४७ हजार ८ सय ७०, फ्रान्समा ४७ हजार २ सय १, इरानमा ४३ हजार ४ सय १७, स्पेनमा ४२ हजार २ सय ९१ र अर्जेन्टिनामा ३८ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...