News Portal

  • राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई कोरोना सक्रमण

    १०५६ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ठूलो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको छ। ४२ वर्षीय ट्रम्पमा यसै साताको सुरुमा संक्रमण पुष्टिपछि क्वारेन्टाइनमा बसेका छन् ।

    उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र कोभिड प्रोटोकलको सबै नियम पालना गरिरहेको उनका प्रवक्ताले जनाएका छन्। उनकी पत्नी किम्बर्ली गिलफायल संक्रमित छन् या छैनन् भन्नेबारे भने स्पष्ट छैन। फक्स न्युजकी पूर्व एंकर गिलफायल गत जुलाईमा संक्रमित भएकी थिइन्। उनी पूर्ण रुपमा निको भइसकेकी थिइन्। त्यतिबेला ट्रम्प जुनियरलाई संक्रमण भएको थिएन ।

    शुक्रबार नै राष्ट्रपति ट्रम्पका विशेष सल्लाहकार एन्ड्र्यु गिलियानीले पनि आफू संक्रमित भएको बताएका थिए। गिलियानी ट्रम्पका निजी वकिल रुडी गिलियानीका छोरा हुन्। उनमा संक्रमणको हल्का लक्षण देखिएको बताइएको छ ।

    सिबिएस न्युजका अनुसार ह्वाइटहाउसमा कम्तिमा पनि चार जनामा संक्रमण देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...