News Portal

  • पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

    १०१७ पटक

    इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।

    बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । सिन्ह्वा÷एजेन्सी

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...