News Portal

  • अफगानिस्तानले चिनियाँ जासूसहरूलाई दियो माफी, ल्याइए बेइजिङ

    १२४१ पटक

    अफगानिस्तान सरकारले चीनका १० गुप्तचरहरूलाई गुपचुप माफी दिएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट चीन लगिएको छ ।

    यी चिनियाँ गुप्तचरहरूलाई अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी सेल चलाएको आरोपमा पक्राउ गरिएको थियो । सबै गुप्तचरहरू चीनको गुप्तचर संस्था एमएसएससँग आबद्ध रहेको बताइएको छ ।

    गत डिसेम्बर महिनामा चिनियाँ गुप्तचर सञ्जालको खुलासा भएको थियो र अफगानिस्तानको सुरक्षा सेवा एनडीएसले उनीहरूलाई हिरासतमा लिएको थियो ।

    चीनले माफीको प्रस्ताव गरेमा माफी दिने भनी अफगानिस्तानले बताएको थियो र त्यही भयो । तर कस्तो शर्तमा अफगानिस्तानले चिनियाँ जासूसहरूलाई रिहा गरेको हो भन्ने स्पष्ट छैन ।

    शनिवार सबै चिनियाँ जासूसहरूलाई राष्ट्रपति अशरफ गानीले चीन जान स्वीकृति दिएका थिए । जासूसहरू लगभग २३ दिन अफगानी हिरासतमा बसेका थिए । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...