News Portal

  • अन्तरार्ष्ट्रिय बाल तथा किशोरहरूको कविता प्रतियोगिता हुने

    भक्तपुर पोष्ट संवाददाताकाठमाडाैं ३० चैत २०७७ सोमबार
    २७४१ पटक
    काठमाडाैं ३० चैत २०७७ सोमबार

    काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् ।

    यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एकजनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ। यसैगरी दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ। यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ।

    प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिले यस अघि सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो। सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन्। ‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेको भनाई छ।

    एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएनएको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए। थापाका अनुसार, भर्चुअल (जुम) प्रविधि मार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहनु हुनेछ। यसैगरी दोश्रो पुस्ताका एनआरएन साहित्यकारहरु, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरुसहित एनआरएनए र अनेसासका पदाधिकारीहरु समेत सहभागी हुनेछन्।

    ‘यस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा,साहित्यको बिस्तार र समृद्धिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अगाडि संगै जान सक्ने मार्ग प्रशस्त समेत गरेको छ’,अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भन्नूभयो । ‘साथै दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाली भाषा साहित्यलाई माया गरिरहन प्रेरणा दिनेछ’ पौडेलले भन्नूभयो ।

    प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएको छ। जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनौट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ। छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ आफ्ना कविता प्रत्यक्ष वाचन गराईनेछ। यसरी वाचन गरिएका मध्ये उत्कृष्ठ तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन्। वरिष्ठ कवि बैरागी काइँला मूख्य निर्णायक रहनु हुने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमूख प्राध्यापक डाक्टर हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहनु भएको छ भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल रहनु भएको छ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...