News Portal

  • कोभिड कहर र निषेधाज्ञाका बीच आन्तरिक राजस्व कार्यालय भक्तपुरको नियमित सेवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ जेठ २०७८
    १२१६ पटक
    भक्तपुर, ११ जेठ २०७८

    आन्तरिक राजस्व कार्यालय भक्तपुरले नियमित सेवा प्रवाहलाई रोकेको छैन । कोभिड १९ कहरका बीच पनि कार्यालयले आफ्नो नियमित सेवा प्रवाह गरिरहेको छ ।

    कोभिड संक्रमणका कारण कतिपय सरकारी कार्यालयहरुमा कर्मचारी अभाव भएका र सेवा प्रवाह प्रभावित भएको गुनासो आइरहँदा आन्तरिक राजस्व कार्यालय भक्तपुरले आफ्ना सबै सेवाहरु सुचारु रहेको जनाएको छ । निषेधाज्ञाको समयमा अनलाइनबाट सेवा प्रवाहलाई प्राथमिकता दिएता पनि भौतिक रुपमा उपस्थित भएर सेवा लिन आउनेहरुलाई पनि आफूहरुले नफर्काएको कार्यालय प्रमुख गगनबहादुर बिकेले बताएका छन् ।

    कार्यालय प्रमुख बिकेले जनाए अनुसार कार्यालय दुई सिफ्टमा संचालन भैरहेको छ र त्यसका लागि सिफ्ट वाइज कर्मचारीहरु व्यवस्थापन गरिएको छ । आवश्यक जनशक्ति लाई मात्र काममा लगाइएको उनले बताए । कार्यालय संचालनमा रहेपनि निषेधाज्ञा अघिको जस्तो सेवाग्राहीको चाप भने छैन । बैंकबाट कर तिर्ने र अन्य सेवाका लागि अनलाइन बाट हुने व्यवस्था गरिएकाले सेवाग्राहीलाई सहजै भएको उनको भनाइ छ ।

    व्यक्तिगत स्थायी लेखा नम्बर (पान नम्बर) लिन र करचुक्ताको प्रमाणपत्र लिन दैनिक केहि सेवाग्राही आउने गरेका कार्यालय प्रमुख बिकेले बताएका छन् । दैनिक औषतमा १० जनाले कार्यालयमा भौतिकरुपले उपस्थित भएर सेवा लिइरहेका उनको भनाइ छ । कार्यालय प्रमुख बिकेले अत्यावश्यक नभई र कोभिड संक्रमण वा संक्रमित संग सम्पर्कमा रहेका व्यक्तिलाई सेवाका लागि नआउँन समेत अनुरोध गरेका छन् ।

    यो पनि

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...