News Portal

  • हाइटीमा राष्ट्रपतिको हत्या

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार २०७८
    १२१६ पटक
    भक्तपुर, २३ असार २०७८

    हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

    प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ ।

    यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

    जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताएका छन् । मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो । त्यस्तै सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिएको थियो । उनले मुलुकको संविधानको पनि उल्लंघन गरेको विपक्षीहरुले आरोप लगाएका थिए ।

    यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो । गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो । मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए ।

    मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताएका थिए । सो क्रममा आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए ।

    लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किन सक्ने आशंका बढेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...