News Portal

  • भक्तपुरमा सदावहार गायक अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जली प्रस्तुत गरिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ साउन
    २१२४ पटक
    bhaktapur musical societyभक्तपुर, २ साउन

    नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस-सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

    साउन ५ गते मंगलबार दिउँसो १ बजे गीतसंगीत मार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए । सचिव बज्राचार्यका अनुसार सो कार्यक्रम भक्तपुर दुधपाटीको भार्वाचो गेटस्थित होटल ‘दि तिशा इन्’ मा सम्पन्न गरिने तयारी रहेको छ । भक्तपुरमा विगत ३ वर्षदेखि निरन्तररुपमा अरुण थापाको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको कार्यक्रम संयोजक समेत रहँदै आएका सचिव बज्राचार्यले बताएका छन् ।

    कार्यक्रममा गीत संगीत क्षेत्रमा विशिष्ठ योगदान दिएका र गीतसंगीतका विशिष्ठ पारखीहरुको भौतिक उपस्थिति रहने समाजका अध्यक्ष एवं गायक प्रविण शाहीले जनाएका छन् । कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहेपनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताए ।

    सस्थाका उपाध्यक्ष एवं गायक कपिल कस्पालले कार्यक्रम जनसंचार टिभीमार्फत घरमै बसेर हेर्न सकिने र भक्तपुर पोस्टको फेसबुक पेज तथा समाजको फेसबुक र युट्युब च्यानल मार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रवन्ध मिलाइएको बताएका छन् ।

    उक्त कार्यक्रमको स्पोन्सर गुडविल कन्सल्टले गरेको छ भने फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको छ ।

    को हुन् गायक अरुण थापा
    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो कुरा थाहाँ नहुन सक्छ, उनले गाएको ऋतुहरूमा तिमी… बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा समेत परेको थियो ।

    उनले जीवनमा बसन्त मात्र गाएका छैनन् ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ उनकै वास्तविक कहानी बनेर हामी माझ हरेक साउन ५ मा बिझाइरहन्छ र हामी सम्झिरहन्छौँ जादूमय स्वरका धनी अरुणलाई ।अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो भने उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो । उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भएपनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।

    उनको गीत ‘चोट के हो, ब्यथा के हो’ ले व्यथालाई नै बिर्साइदिन्छ र दुख: भित्र सुख खोज्न थाल्छ मान्छे अनि उनले जति ‘भुलु भुलु लाग्यो मलाई’ भने पनि उनको याद झन् झन् ताजा बनेर आइदिन्छ ।

    जति माया लाए पनि,साझको जुन सँग, बितेका मेरा तिता मिठा, दोष कसैलाई दिन चाहन्न, अरु सँग नजोख मलाई, जिन्दगी के छ र आखिर, तिमी हेर्छौ भने, न पोखिने न जोखिने, आँखाको निद खोशी लाने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका का यात्राहरु, नपोखिने नजोखिने, यो मन को के भर हुन्छ जस्ता सदावहार गीत पस्केर गायक अरुण थापा नेपाली सांगीतिक दुनियामा सधै अमर अजर बनेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...