News Portal

  • नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असोज २०७८
    ८९२ पटक
    भक्तपुर, ६ असोज २०७८

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ ।

    मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । परिस्थिति अनुकूल भएमा आगामी 26 -28 फरवरी 2022 मा सो त्रिदीवसीय कार्यक्रमको आयोजन गरिने छ ।

    नेपाल भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले सुरु भएको यो यात्रा पहिलोपटक वीरगन्जमा भएको थियो । महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् ।

    सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ । आजको छलफलमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार राधेश्याम लेकाली, कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि एवम् समालोचक प्रमोद प्रधान, सङ्गीतकार बुलु मुकारुङ, कवि मुरारी सिग्देल, सर्जक अस्मिता सुमार्गी, साहित्यकारहरु कमला ओली थापा, मन्जिला अनिल र पारु तिमिल्सिनाको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...