News Portal

  • भक्तपुरमा उत्कृष्ट करदाता रहेका युवा व्यवसायी गौतम दशौं कर दिवसमा पनि सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ मङ्सिर २०७८
    ११२९ पटक
    top tax payer mukunda gautamभक्तपुर, ७ मङ्सिर २०७८

    भक्तपुरमा उत्कृष्ट करदाताको रुपमा यो वर्ष पनि युवा व्यवसायी होमप्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् । उनी गत वर्ष पनि सम्मानित भएका थिए ।

    आन्तरिक राजस्व कार्यालय भक्तपुरले वर्षेनी राष्ट्रिय कर दिवसको अवसर पारेर उत्कृष्ट करदातालाई सम्मान गर्दै आइरहेको छ । गत वर्ष नवौं राष्ट्रिय कर दिवसका अवसरमा समेत सम्मानित व्यवसायी गौतमले यो वर्ष दशौँ राष्ट्रिय कर दिवसमा पनि उत्कृष्ट करतादाको सम्मान प्राप्त गर्न सफलता प्राप्त गरेका छन् ।

    “स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय भक्तपुरले आईतबार उत्कृष्ट करदाता सम्मान गौतमलाई प्रदान गरेको हो । उनले सबैभन्दा बढी आय कर दाखिला गरेकाले सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरले जनाएको छ ।

    मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक गौतम ‘मेडिकल सप्लायर्स’ हुन् ।

    यो पनि

    कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...