News Portal

  • भक्तपुरका ३ स्वास्थ्य संस्थाहरुलाई समेटेर एउटा स्वास्थ्य प्रतिष्ठान बनाउन माग

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १९ पुस २०७८
    २०७१ पटक
    भक्तपुर, १९ पुस २०७८

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले एकै प्रांगणमा रहेका जिल्लास्थित ३ ठुला सरकारी स्वास्थ्य संस्था एकै छातामुनी आउनुपर्ने बताएकी छन् । छरिएर सेवा प्रवाह गर्दा समस्या भएको भन्दै उनले सो आवश्यकता औल्याएकी हुन् ।

    आइतवार जिल्ला प्रशासन कार्यालयमा आयोजित सेवाग्राहीलाई नि: शुल्क स्वास्थ्य जाँच र सचेताना कार्यक्रममा बोल्दै मेडिकल सुपरिटेण्डेण्ट डा गौतमले जिल्लास्थित ३ प्रमुख सरकारी स्वास्थ्य संस्थाहरु भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई एउटा स्वास्थ्य प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने प्रष्ट पारिन् । उनले जिल्लाको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकै ठाउँमा रहेका यी तीनै वटा स्वास्थ्य सस्थालाई समेटेर एक स्वास्थ्य प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

    स्वास्थ्य प्रतिष्ठान बनाएर सेवा प्रवाह गर्दा जनशक्तिको समस्या नहुने र साधनस्रोतको हिसावले समेत सुविधा सम्पन्न बन्न सकिने उनले बताइन । हाल भक्तपुर अस्पतालको नाममा रहेको जमिनमा तीनै अस्पताल अटाउनुपर्दा सेवामा संकुचन भएको उनको भनाइ छ । देशकै ७७ जिल्लामै नभएको तीन फरक सेवाका स्वास्थ्य स्वास्थालाई एउटै प्रतिष्ठान बनाउने अवसर भक्तपुरमा भएको भन्दै उनले सिडिओ, राजनीतिक दलका प्रतिनिधि र पत्रकार लगायत नागरिक समाजले समेत यसको पहल लिनुपर्ने बताइन ।

    भक्तपुर अस्पतालले ११७ वर्ष पछि काचुली फेरेको र अहिले ३६ वटा आइसीयु सहित सेवाप्रवाह गरिरहेको उनले जानकारी गराइन । ग्यास्ट्रिक, छाती रोग, आँखा रोग, अल्जाइमर्स लगायतको सेवामा सुपर स्पेसल सेवा समेत शुरु गरिएको भन्दै उनले उपचार नपाएर काठमाडौ जानुपर्ने अवस्था अन्त्य भएको जिकिर गरिन । भक्तपुर अस्पतालमा २ घण्टामा रगतको रिपोर्ट सिस्टम बिकास भैसकेको भन्दै उनले रिपोर्ट मोबाइलमै आउने व्यवस्था बनाईएको समेत जानकारी गराइन ।

    पछिल्लो समय दैनिक ८ सय बिरामी ओपोडिमा आइरहेका जानकारी दिंदै उनले पैसा तिर्न सक्ने वर्गलाई लक्षित गरी दिउसो ३ बजे पछि र बिहान ९ बजे अघि पेइङ्ग क्लिनिक संचालन गरिरहेको समेत बताएकी छन् । दिउसोको भीड नचाहनेले सो समयमा पैसा तिरेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको उनले बताइन ।

     अस्पतालमा विस्तार गर्नुपर्ने सेवामा ९९ प्रतिसत पुरा भएको भन्दै उनले भक्तपुर अस्पताललाई सेकेण्डरी वीर अस्पताल भन्दा फरक नपर्ने दावी समेत गरिन ।

    उक्त अवसरमा सिडिओ रुद्रादेवी शर्मा, जिसस उप प्रमुख सरिता कुँवर,भक्तपुर क्यान्सर अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विष्णुदत्त पौडेल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठ, नेकपा(एमाले)का अध्यक्ष बचन देउजा, नेमकिपाका अध्यक्ष न्हुछेभक्त फोजू,नेपाली काँग्रेसका प्रतिनिधि जीवन खत्री, नेकपा माओवादी (केन्द्र)का प्रतिनिधि सुनिल गोठे बासु, नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधान त्यसैगरी इन्द्रबक्स गणका गणपती श्यामराजा बिक्रम थापा, भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठ, शसस्त्र एसपी उद्धवबहादुर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    यो पनि

    जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...