News Portal

  • भाग्यले साथ् दिंदा एमालेका थापा जिसस प्रमुख घोषित

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २८ जेठ २०७९
    २६१० पटक
    भक्तपुर, २८ जेठ २०७९

    नेकपा(एमाले) का उम्मेदवार गोलाप्रथाबाट जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा निर्वाचित भएका छन् । कम्युनिष्टहरु भाग्यमा विश्वास नगर्ने भएपनि जिसस प्रमुखका एमाले उम्मेदवार ईश्वरबहादुर थापालाई भने भाग्यले साथ् दिंदा प्रमुख बन्ने अवसर प्राप्त भएको छ ।

    नेपाली काँग्रेसका उम्मेदवार सूनपा – २ का जनार्दन खड्कासंग मत बराबरी भएपछि गोला तान्दा थापाको पक्षमा १ मत थपिएको र उनी निर्वाचित भएका मूख्य निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको हो । मतपरिणाम अनुसार एमालेका थापाले गोला तान्दा ४ मत प्राप्त गरेपनि काँग्रेसका खड्काले ३ मत र नेमकिपाका उम्मेदवार हरिरत्न गोर्खालीले २ मत प्राप्त गरेका मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए ।

    नवनिर्वाचित प्रमुख थापा सूनपा – ७ गुन्डुका पुराना नेता एवं सांसद महेश बस्नेतका राजनीतिक गुरु समेत हुन् ।

    उप प्रमुखमा भने काँग्रेसकी सुजाता बाडेले बाजी मारेकी छन् । एमालेकी रामकेसरी संग मत बराबरी भएपछि गोला हान्दा सुजाताको पक्षमा परिणाम आएको छ । नेमकिपाकी सरिता देउलाले २ मतमै चित्त बुझाउनुपरेको छ ।

    ५ सदस्यका लागि समेत एमाले र काँग्रेस उम्मेदवारहरुको मत बराबरी भएपछि गोला हान्नु परेको थियो । गोला हान्दा ४ सदस्य एमालेबाट बिजयी भएका छन् भने काँग्रेसको तर्फबाट एक सदस्य बिजयी बन्न सफल भएका छन् । यसरी भाग्यले साथ् दिंदा एमालेले प्रमुख सहित ५ पद पाएको छ भने काँग्रेस उप प्रमुख सहित २ पदमा चित्त बुझाउन बाध्य बनेको छ ।

    यो पनि

    जिल्ला समन्वय समितिका लागि मतदान शुरु, गोलाप्रथाद्वारा निर्णयको संकेत

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...