News Portal

  • भारतको जम्मु–कश्मीरमा भयानक आँधी,कम्तीमा १६ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ असार २०७९
    ७९८ पटक
    भक्तपुर, २५ असार २०७९

    भारतको जम्मु–कश्मीरमा भयानक आँधीसँगै भएको वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छन् भने अन्य ४५ जना भन्दा धेरै घाइते भएका छन् । घटनामा ४० जना भन्दा धेरै बेपत्ता भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    शुक्रबार साँझदेखि चलेको आँधी र वर्षापछि त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि उद्धारको काम भइरहेको छ । बेपत्ताहरूको खोजीका लागि तालिमप्राप्त उद्धारकर्मीहरूको टोली खटाइएको हो ।

    घाइतेहरुलाई अस्पताल पुर्‍याउन सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा भने स्थगित गरिएको छ । त्यहाँ फसेका मानिसहरूलाई पनि हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...