News Portal

  • रुसले थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्नेः अमेरिका

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,४ साउन २०७९
    ३७५ पटक
    भक्तपुर,४ साउन २०७९

    रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताएका छन्। रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उनको दाबी रहेको बीबीसीले जनाएको छ ।

    रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार पारेको पनि अमेरिकाको आरोप छ । रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीको कार्यालय स्थापना गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

    सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले...

    भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका...

    स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव आवश्यक : मन्त्री थापा

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार मातहतको स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने...

    भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका...

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...