News Portal

  • ओमानमा एक नेपाली एक पर्यटक अभियान शुरु गरौंः नेपाल चेम्बर

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ४ साउन २०७९
    ५३६ पटक
    भक्तपुर, ४ साउन २०७९

    नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीटोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह गरेका हुन ।

    आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लल,े रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताएका छन् । यसका लागि नेपाली राजदूतावासले पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

    ओमानसंग नेपालको कुटनीतिक सम्वन्ध निकै पुरानो रहेपनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आर्कषित गर्न नसकिएको अध्यक्ष मल्लले बताए । ‘एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ, उनले भने, त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरि महामहिम राजदूतले भूमिका निर्वाह गनुृपर्ने जानकारीदिएका छन्।

    ओमानसंग नेपालको व्यापार घाटा उच्च रहेकाले पर्यटन र लगानी मार्फत व्यवसायिक सम्वन्ध विस्तारमा अध्यक्ष मल्लले जोड दिएका छन् । ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गरिदिन पनि अध्यक्ष मल्लले आग्रह गरेका छन् । ओमानमा कार्यरत नेपालीलाई लक्षित गरि उनीहरुका लागि आवश्यक खाद्यन्ह, लत्ता कपडा लगायत बस्तुहरु नेपालबाटै आपूर्ति गर्ने व्यवस्था सहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधी बढ्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने अध्यक्ष मल्लको विश्वास छ ।

    ओमानबाट मासिक २ अर्व रुपैयाँ रेमिट्यान्स आईरहेको भन्दै अध्यक्ष मल्लले, नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराएका छन् ।

    जवाफमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान शुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफुले पहल गर्ने नवनियुक्त राजदूत अर्यालको भनाई छ । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहिबार ओमान जादैछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...