युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो।
सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।