News Portal

  • सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ शरणार्थीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ४२९ पटक
    भक्तपुर,७ असोज २०७९

    सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ । दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लेबनानबाट शरणार्थी बोकेर छुटेको डुङ्गा सिरियाको समुद्री तटमा दुर्घटना भएको बीबीसीले जनाएको छ । डुङ्गामा सयभन्दा धेरै रहेको हुनसक्ने अनुमान छ ।

    डुङ्गा लेबनानको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो । आर्थिक सङ्कट उन्मुख लेबनानबाट स्थानीय बासिन्दा तथा शरणार्थीहरु युरोप, अमेरिका जाने गरेका छन् । लेबनानमा १० लाखभन्दा धेरै सिरियाली शरणार्थी रहेको अनुमान छ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...