इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ भने करिब ३२ जना घाइते भएका छन् ।
बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा लागेको आगोमा परी तीन जनाको ज्यान गएको र ३२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो सङ्ख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस