News Portal

  • पहिरोमा परी ३६ को मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ माघ २०७९
    ७३५ पटक
     भक्तपुर, २४ माघ २०७९

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।

    दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।

    नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ ।

    यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ । सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन् ।

    प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...