News Portal

  • म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ चैत्र २०७९
    ९१८ पटक
     भक्तपुर, २९ चैत्र २०७९

    म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

    सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ । सैनिक प्रवक्ता जाव मीन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण भएको बताएका छन् ।

    “हामीले पाएको स्थलगत जानकारीअनुसार, हाम्रो आक्रमणले मात्र मानिस मारिएका होइनन् त्यस क्षेत्रमा पिपल्स डिफेन्स फोर्सद्वारा बिछ्याइएका माइन पनि थिए, हवाई आक्रमण माइन बिछ्याइएका स्थानमा पनि भएको थियो,” अधिक मानिसको मृत्यु हुनाको कारण स्पष्ट गर्दै प्रवक्ता जाबले भनेका छन् ।

    सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा जारी गृहयुद्धमा त्यसलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो । आक्रमणमा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । आक्रमणमा कम्तीमा ३० जना बालबालिका मारिएका छन् । उनीहरू कार्यक्रममा नृत्य प्रस्तुत गर्न त्यहाँ पुगेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गर्नुभएको छ ।

    सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको छ । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ ।

    सामाजिक सञ्जालमा ‘शेयर’ गरिएका तस्बिरमा दर्जनभन्दा बढी जलेका शव, भत्केका भवन र जलेका मोटरसाइकल देखिन्छन् घटनास्थलमा रहेका उद्धारकर्मीले ती तस्बिर वास्तविक भएका न्युयोर्क टाइम्सलाई पुष्टि गरेको छन् । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...