News Portal

  • अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

    ५२९ पटक

    काठमाडौं, ३ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट उक्त पुरस्कार आचार्यलाई प्रदान गरिएको हो ।


    गैरआवासीय नेपाली सङ्घको ’भाषा तथा साहित्य समिति’ले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दछ । पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ’संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।

    पुरस्कार समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले देश चिनाउन भाषा र साहित्य अहम भूमिका हुने भन्दै यसको संरक्षण र बिकाशमा गरिने कामहरु तारिफयोग्य भएका बताए । बिदेशमा बसेर स्वदेशी भाषा र साहित्यको बिकासमा योगदान गर्ने कामको उनले प्रशंसा गरे ।पुरस्कारको विषयमा पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले मन्तव्य राखेका थिए ।


    गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन लागि पुरस्कार स्थापना गरेको बताउँदै गैरआवासीय नेपाली संघ र भाषा तथा साहित्य समितिको गतिविधिका बारेमा चर्चा गरेका थिए भने अध्यक्ष कुल आचार्यले विदेशमै बसेर नेपाली साहित्यमा कलम चलाई कृति प्रकाशन गर्ने लेखकलाई यो पुरस्कारबाट पुरस्कृत गरिने हुँदा नेपाली भाषा साहित्य संरक्षणका लागि पुरस्कारको ठूलो महत्व रहेको बताएका थिए ।


    त्यसैगरी पुरस्कृत व्यक्तित्व चेतनाथ आचार्यले सत्य घटनामा आधारित रुइबा उपन्यासको विषयवस्तुमाथि चर्चा गर्दै उपन्यासकी मुख्य पात्रलेझैँ अनेकौँ देशमा बन्दी हुन पुगेका त्यस्ता पात्रहरुको संरक्षणका लागि पुरस्कार रकम प्रयोग गरिने घोषणा गर्दै रुइवा उपन्यासले पाएको यस पुरस्कार र त्यसमाथि पनि सम्माननीय राष्ट्रपतिज्यूको हातबाट पाउनुले आफूलाई अहोभाग्य महसुसका साथै थप चुनौती थपिएको कुरा व्यक्त गरेका थिए ।

    कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गैर आवासीय नेपाली संघले नेपाली भाषा साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरुको निरन्तरता तथा पुरस्कृत व्यक्तित्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    साहित्यकार भगवती बस्नेतले संचालन गरेको उक्त समारोहमा भाषा समितिका पू. अध्यक्ष गोविन्द गौतम, साहित्यकार तथा सञ्चारकर्मी रमेश पौडेल, गैर आवासीय नेपाली संघ अफ्रिका शाखाका अध्यक्ष दिपक कर्ण, साहित्यकार/ सम्पादक रमेश दाहाललगायत दर्जनौँ व्यक्तित्वको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...