News Portal

  • माया गुरुङका ऐना र बाको जुत्ता सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौ, १० बैशाख २०८०
    ३७१ पटक
    काठमाडौ, १० बैशाख २०८०

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान केन्द्रीय सदस्य तथा वर्तमान अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष साहित्यकार माया गुरुङको दुईओटा कृति ऐना कविता संग्रह र बाको जुत्ता बालकविता संग्रहको लोकार्पण भएको छ ।


    अनेसासका पूर्व सल्लाहकार साहित्यकार सुमलकुमार गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमको आयोजना अनेसास बेलायत च्याप्टरले गरेको थियो ।


    सूचना आयुक्त, राष्ट्रिय सूचना आयोगका प्रमुख श्री महेन्द्रमान गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा पूर्व न्यायाधीश सत्यराज गुरुङ, त्रिशहीद हाइस्कुलका पूर्व प्रधानाध्यापक रत्नबहादुर गुरुङ, मुक्तक प्रतिष्ठानका अध्यक्ष श्री रामकाजी कोने, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, जनजाति पत्रकार महासंघका अध्यक्ष श्री डण्ड गुरुङ, राजनीतिक विश्लेषक तथा सस्कृतिविद् श्री सुरेन्द्र केसी आदि थिए ।


    अतिथिहरुमा साहित्यिक पत्रकार संघका अध्यक्ष श्री राधेश्याम लेकाली, वरिष्ठ समालोचक डा. गोविन्दमानसिंह कार्की, समालोचक डा. शान्तिमाया गिरि, अनेसासका केन्द्रीय उपाध्यक्ष रेणुका सोलु, हिरण्यकुमारी पाठक, विजय गुरुङ आदिको उपस्थित रहेको थियो ।

    सामाजिक विकास समाजको भवनमा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई अनेसास बेलायत च्याप्टरका कार्यसमितिका सदस्य श्री सारा गुरुङबाट स्वागतमार्फत गरिएको थियो ।


    मञ्चासीन प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुद्वारा संयुक्त रुपमा कृतिको लोकार्पण गरिएको थियो ।

    अनेसास दर्पणका कार्यकारी सम्पादक तथा साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त दुई कृतिको समीक्षात्मक मन्तव्यमा बाको जुत्ता (बालकविता संग्रह) को समीक्षा डा. गोविन्दमानसिंह कार्कीले गरेका थिए भने ऐना कवितासंग्रहको समीक्षा डा. शान्तिमाया गिरिबाट गरिएको थियो ।

    कृति प्रकाशनको बारेमा कृतिका लेखिका श्री माया गुरुङले लेखकीय मन्तव्य राखेकी थिइन् भने श्री राधेश्याम लेकाली, डा.रेणुका सोलु, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, श्रीओम श्रेष्ठ रोदन, रामकाजी कोने, डण्ड गुरुङ, रत्न गुरुङ, सत्यराज गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।


    शर्मिला गुरुङबाट गीत प्रस्तुत गरी कार्यक्रमलाई रमणीय बनाइएको थियो । अनेसास नेपाल च्याप्टरका कार्यसमिति सदस्य तथा साहित्यकार श्री सुमन वर्षाले सञ्चालन गरेको उक्त कार्यक्रमलाई कार्यक्रमका सभापति श्री सुमलकुमार गुरुङले आफ्नो मन्तव्यसहित सभा बिसर्जन गरेका थिए भने कार्यक्रमकको अन्त्यमा लेखिका माया गुरुङको शुभ जन्मोत्सव केक काटेर मनाइएको थियो ।

    कार्यक्रममा मुरारी सिग्देल, बिक्रमभक्त जोशी, एलिना श्रेष्ठ, राज रजक, ऋुतु कँडेल, सम्पादक विमल भौकाजीलगायत सयभन्दा बढी साहित्यिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...