News Portal

  • भ्रष्टाचारविरुद्ध उत्कृष्ट गीत लेख्नेलाई एक लाख पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८०
    ३९९ पटक
    भक्तपुर, २८ बैशाख २०८०

    हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ ।

    उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नुभएको पत्रमा उल्लेख भएको छ ।

    अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नुभएको हो । यसअघि पनि एक लाख रकमको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ ।

    फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

    फाउन्डेसनले जनाएअनुसार गीतको विषय सन्दर्भ  भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम रहेका छन्-

    १. आफ्नो गीत इमेलमार्फत पठाउनुपर्नेछ ।

    २. गीत रेकर्ड गरेको हुनुपर्ने ।

    ३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत: अस्वीकृत हुनेछन् ।

    ४. एकजना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः  बदर हुनेछन् ।

    ५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

    ६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

    ७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

    ८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ। ९. पुरस्कार : नगद एक लाख रकम (प्रमाणपत्रसहित) हुनेछ।

    १०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

    उल्लिखित १० नियमलाई पालना गरी भ्रष्टाचारविरुद्धको गीत हेम सरिता फाउन्डेशनको कार्यालयको इमेल ठेगाना [email protected] मा पठाउन सकिने यस प्रतियोगीताको आयोजक हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...