News Portal

  • अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मालाई नेपाल च्याप्टरद्वारा भव्य स्वागत

    इभक्तपुर संवाददाता
    ९३१ पटक

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटी सल्लाहकार तथा साहित्यकार श्री रोहिणी शर्मालाई आज अनेसास नेपालले स्वागत गरेको छ । विगत ५५ वर्षदेखि अमेरिकाको विभिन्न राज्य हुँदै हाल एरिजोना शहरमा बस्दै आउनुभएका श्री शर्माले लामो समयदेखि अनेसासमा आबद्ध भई नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्दै आउनुभएको छ ।


    उहाँले विभिन्न सङ्घसस्थाबाट पुरस्कार एवं सम्मान पाउनुका साथै उहाँद्वारा अनेसास धौलागिरि सर्वश्रेष्ठ पुस्तक पुरस्कार, होमनाथ वाङ्मय पुरस्कार, श्रीमतीका नाममा उत्कृष्ट कविताकृतिका लागि सीता शर्मा सापकोटा पुरस्कारको स्थापनालगायत अनेसासको विविध गतिविधिका प्रायोजक हुनुहुन्छ भने उहाँ अनेसासको आजीवन सदस्य एवं बोर्ड अफ ट्रस्टीको सदस्य, नाफा (एरिजोना)का संस्थापक संरक्षक, एरिजोनामा हिन्दू मन्दिर र एकता मन्दिरको संस्थापक र आजीवन सदस्य, इस्कान फिनिक्सको आजीवन सदस्य, उत्तरी अमेरिका पूर्व छात्र सङ्घका संस्थापक अध्यक्ष हुनुका साथै अनेसास बोर्ड अफ ट्रस्टीको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । यसका अलावा उहाँ विभिन्न सामाजिक एवं साहित्यिक सङ्घसंस्थामा संलग्न हुनुहुन्छ ।


    कार्यक्रममा अनेसास नेपालका उपाध्यक्ष श्री गीता कार्कीले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई स्वागत गरेपश्चात् सल्लाहकार श्री रोहिणी शर्मालाई अनेसास नेपालका अध्यक्ष श्री सन्ध्या पहाडीले खादामाला पहिर्याइ स्वागत गर्नुभएको थियो ।

    अनेसास नेपालका सल्लाहकार तथा साहित्यकार हिरण्यकुमारी पाठकले स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले श्री शर्मालाई स्वागत गर्दै अनेसासको विगतदेखि वर्तमानअवस्थालाई प्रष्ट्याउनुभएको थियो ।


    अनेसासका आजीवन सदस्य तथा गायिका इन्दिरा जोशीले राष्ट्रिय गीत गाएर कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो भने साहित्यकार द्वारिका कुइकेलले गरेको कविता वाचनले कार्यक्रमलाई रौनक तुल्याएको थियो ।

    त्यसैगरी अनेसास नेपाल च्याप्टरका सल्लाहकार डा. रामप्रसाद दाहालले श्री शर्मालाई स्वागत गर्दै जन्मभूमि बसाई सुखदको कामना तथा आगमनको उद्देश्य तथा कार्यसफलताका लागि शुभकामना दिनुभएको थियो ।

    प्रमुख अतिथि तथा स्वागातित व्यक्तित्व श्री रोहिणी शर्माले अनेसास गठनपूर्वको समयदेखि नै अनेसास स्थापनाका लागि संस्थापक अध्यक्ष श्री होमनाथ सुवेदीसँग भएको कुराकानीलगायत वर्तमान अनेसासले गरेका कार्य तथा ५५ वर्षसम्म आफूले अमेरिकामा रहेर नेपाली भाषा साहित्यका लागि गरेका योगदानहरुको चर्चा गर्दै आगामी दिनमा आफू हरतरहले हर प्रकारबाट अनेसासको श्रीवृद्धका लागि लागिपरिरहने कुरा व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभापति तथा अनेसास नेपालका अध्यक्ष श्री सन्ध्या पहाडीले नेपाली भाषा साहित्यका लागि अनेसासले गरेका कार्य तथा वर्तमानमा अनेसास नेपाल च्याप्टरका गतिविधि एवं अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।


    अनेसास नेपालका कार्यसमिति सदस्य श्री रञ्जना निरौलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा अनेसास नेपालका कार्यसमितिका उपाध्यक्ष श्री गीता मैनाली,  दिव्य गिरी, सदस्य श्री मधु पाठक, सुमन वर्षा घिमिरे, डा. शान्तिमाया गिरि, शान्ता बस्नेत, रमेश दाहाललगायत डा. कृष्ण भण्डारी मुमुक्षु, केशव शर्मा, सुशिला खड्का हसिना, सुष्मा आचार्य अंशु, पत्रकार इलु शर्मालगायत दर्जनौँ अनेसासका आजीवन सदस्यहरुको उपस्थित रहेको थियो ।

    कार्यक्रम अनेसास नेपालको कार्यालयमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...