News Portal

  • राजधानीमा मौनआकाश

    ३७१ पटक
    maunakas

    काठमाडौं, ९ असार २०८० । राजनीतिज्ञ, समाजसेवी, कलाकार साथै चलचित्र निर्माताजस्ता बहुआयामिक व्यक्तित्व राजेन्द्र केसीको कवितासंग्रह मौनआकाशको लोकार्पण भएको छ ।

    लगभग १६ वटा विविध संस्थामा आवद्ध रहनुभएका अनेसास नेपालका उपाध्यक्ष एवम् ट्रष्टिज् राजेन्द्र केसीको “मौन आकाश” डेभ्यू कृति हो ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले प्रकाशन गरेको यस कृतिको लोकार्पणको आयोजना पनि अनेसास नेपाल च्याप्टरले गरेको थियो भने अनेसासका महासचिव तथा मौनआकाश कविताकृतिका सम्पादक ऋषभदेव घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व आयोजक संस्था अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडीले गर्नुभएको थियो ।

    अनेसासका उपाध्यक्ष गीता कार्कीको स्वागत मन्तव्यपश्चात प्रमुख अतिथिबाट कार्यक्रमको विधिवत् समुद्घाटन भएको थियो भने मञ्चासीन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट संयुक्त रूपमा कृतिको लोकार्पण गरिएको थियो।

    कृति लोकार्पणपश्चात स्रष्टा राजेन्द्र केसीलाई प्रमुख अतिथि  प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा कार्यक्रमका सभापति सन्ध्या पहाडीले माला तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

    कृतिका विषयमा समालोचक डा. गोविन्दमानसिंह कार्की र डा. शान्तिमाया गिरिले  समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने  विशिष्ट अतिथिहरू: अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,  अनेसासका केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, अनेसास नेपाल च्याप्टरका सल्लाहकार डा. रामप्रसाद दाहाल, वरिष्ठ समालोचक तथा साहित्यकार युवराज मैनालीले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो  ।

    प्रमुख अतिथि प्रा.डा. लुइटेलले राजेन्द्र केसीसंगको आफ्नो सम्बन्ध र मौनआकाशभित्रका कविताका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

    लोकार्पित कृति मौनआकाशबाट साहित्यकार मधु पाठक, मणि लोहनी, राधिका गुरागाईं र शुष्मा आचार्यले एकएक कविता वाचन गर्नुभएको थियो । ज्योतिष कवि संजोग निरौलाले मौनआकाशका विषयमा लेख्नुभएको कविता वाचन गर्नुभएको थियो ।

    स्र्ष्टा राजेन्द्र केसीको शालीनता र हरेक समस्यामा मध्यस्थकर्ताको रूपमा खेल्नसक्ने खुबीको विषयमा चर्चा गर्दै  अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति सन्ध्या पहाडीले सभा विसर्जन गर्नुभएको थियो ।

    सामाजिक विकास भवन अनामनगरमा भएको उक्त कार्यक्रममा अनेसासका संस्थापक सदस्य लव गाउँले, बोर्डअफ ट्रष्टि बलराम थापा, साहित्यिक पत्रकार संघका मुरारी सिग्देल, अनेसास नेपाल च्याप्टरका बोर्ड सदस्य साहित्यकार सुमन वर्षा घिमिरे, गोर्खापत्रका जयदेव भट्टराई, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, सेभेन स्टार फोरके टेलिभिजनका संचारकर्मी इलु शर्मा, चलचित्रनिर्देशक रमेश कोइरालालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...