News Portal

  • संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्नेछन् झुल्दै एबोकाडो

    दिनेश खनाल चाँगुनारायण, १२ साउन २०८०
    १८१३ पटक
    चाँगुनारायण, १२ साउन २०८०

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो,
    मनमोहक बन्ने छन् झुल्दै एबोकाडो।

    अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी,
    क्षणिक लाभमा भुल्यौं हामी जानीजानी।
    जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो,
    स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।।

    चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,
    ताँथली र सुडाल अनि नगरकोटभरी,
    आर्थिक क्रान्ति गर्नलाई अभियान आयो
    हरेक घरमा दुईदुई बोट लगाउँ एबोकाडो।

    दुखसुख चाडपर्ब खल्ती खाली हुँदा,
    चाडपर्वमा अभाव झेल्दै लालाबाला रुँदा।
    सबको असल बन्नसक्छ एबोकाडो साथी,
    हाम्रो आर्थिक अवस्थालाई लान्छ माथिमाथि ।।

    सुरुवात धेरै राम्रो अभियान हाम्रो
    एक घर दुई बिरुवा, आहा कति राम्रो।
    रित्तोरित्तो खालिखाली घरघरका भाँडो,
    भर्न सफल पार्नुपर्छ अभियान एबोकाडो ।।
    “जय एबोकाडो ! जय एबोकाडो !! ”

    (दिनेश खनाल चाँगुनारायण सिटी, एबोकाडो सिटी अभियानका अभियन्ता हुन् ।)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...