News Portal

  • अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित, विभिन्न स्रष्टाहरु सम्मानित र पुरस्कृत

    १७६ पटक

    २०८० भाद्र ४, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन भाद्र २ गते सम्पन्न भयो ।

    सो अधिवेशनको उद्घाटन-सत्रमा “राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार” नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मरणोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो ।

    प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो । यसैगरी वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई “अनेसास विशिष्ट सम्मान” प्रदान गरिएको थियो गरिएको थियो ।

    यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

    यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा “शीला”, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो ।

    यसैगरी “अनेसास भानु विशेष सम्मान”बाट भानु प्रतिष्ठानलाई र “भानु सम्मानबाट कविहरु क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल र सरु बस्नेत सम्मानित हुनु भएको थियो ।

    यसैगरी अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो ।

    सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद रु. ३०,०००, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद रु. २०,०००, र तृतीय हुने सम्झना निरौलालाई नगद रु. १०,००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    अधिवेशनमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

    यसैगरी कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी सभापति पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो । सन्ध्या पहाडीको सभापतित्व सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी रहनुभएको थियो भने अधिवेशनमा अनेसास केन्द्रीय महासचिव विमला निरौलाज्यूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संचालन महासचिव ऋषभदेव घिमिरेले गर्नुभएको सो अधिवेशनमा उपाध्यक्ष राजेन्द केसीले स्वागत गर्नुभएको थियो । अधिवेसनको बन्दसत्रमा महासचिव ऋषभदेव घिमिरेले महासचिवको प्रतिवेदन र अध्यक्ष सन्ध्या पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सो सत्रमा केन्द्रीय समितिले सदस्यता अपडेटको नाममा निर्वाचनबाट वन्चित गर्ने गरेको कार्यको व्यापक विरोध गरिएको थियो । एकपटकको आजीवन सदस्य सधैंको आजीवन सदस्य हुनुपर्नेमा जोड दिइएको थियो ।

    अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन पनि सम्पन्न गर्यो ।यो । सो निर्वाचनबाट अध्यक्षमा राजेन्द्र के. सी. निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी प्रथम उपाध्यक्षमा मन्जिला अनिल र द्वितीय उपाध्यक्षमा निर्मलरमण पराजुली निर्वाचित भएका छन् । समितिको महासचिवमा रन्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन् ।

    यसैगरी सदस्यहरुमा क्रमशः आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह “बाबा”, सीता विष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित भएका छन् । हिजो नै निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...