News Portal

  • भक्तपुरका सांसदहरुले गरे युसेप र बाल सुधार गृहको निरीक्षण

    भक्तपुरपोष्ट संवाददातासानोठिमी, २३ भदौ २०८०
    ११२२ पटक
    सानोठिमी, २३ भदौ २०८०

    भक्तपुरका सांसदहरुले सानोथिमिस्थित ‘न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ (युसेप) नेपाल र त्यहाँ सञ्चालित बाल सुधार गृहको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको नेतृत्वमा शुक्रवार संघीय सांसदहरु सन्तोष परियार र रमा कोइराला त्यसैगरी बागमती प्रदेश सांसदहरु सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापति युसेपको कार्यालय पुगेका थिए । उक्त अवसरमा सांसदहरुले युसेप र याहाँ सञ्चालित बाल सुधार गृहमा भदौ ३ र ४ गते भएको घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिए ।

    अनुगमनमा पुगेका सांसदहरुलाई युसेप नेपालका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले १ सय १० जनाको क्षमता भएको सुधार गृहमा करिव ३ सय जना राखिएको जनकारी गराउदै अदालतले पठाएपछि आफूहरु क्षमता भन्दा बढी बालबालिका राख्न बाध्य भएको बताए ।

    त्यस्तै, १८ वर्ष भित्रका बालबालिका सजाय भोगुन्जेल यहीँ बस्न पाउने भएकाले बाल सुधार गृहमा युवा हरुको संख्या बढेको र अनमेल उमेरको व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए ।उनले सुधार गृहमा रहेका बालकको मृत्यु भएको घटनामा परिवारले दावी गरेजस्तो कुनै कमजोरी नभएको जिकिर गर्दै उक्त अकल्पनीय घटनाको विषयलाई अतिरञ्जित बनाउनु र सोही विषयलाई लिएर आफूहरुको सेवालाई अवमूल्यन गर्नु दुःखद भएको गुनासो गरे । मृत्युपछिको प्रदर्शनमा युसेप नेपाल भित्र सरकारी मूल्यांकन अनुसार १५ लाखको क्षति भएको भएपनि सो व्यवस्थित गर्न आफूहरुको कम्तिमा २५ लाख खर्च हुने उनले जानकारी गराए ।

    उक्त अवसरमा संघीय सांसद दुर्लभ थापाले अदालतले क्षमता नहेरी आदेश गर्नु नहुनेमा जोड दिंदै सुधार गृहको क्षमता वृद्धि गर्न यसको पुर्वाधार विकासमा सरकारले सहयोग गर्ने आश्वासन दिए । युवा उमेरमा पुगेका बिग्याइकर्तालाई बालबालिका बाट अलग्गै राख्ने व्यवस्थाका लागि आफूहरुले पहल गर्ने उनले प्रतिवद्धता पनि प्रकट गरे ।

    ”प्रदेश प्रमुखका लागि भैंसेपाटीमा अर्वौ खर्चेर महल बनाउने तर युसेप नेपाल र यहाँ सञ्चालित बाल सुधार गृह जस्तो संस्थाहरुको क्षमता बृद्धिमा बेवास्ता गर्ने भन्ने हुँदैन, हामी पहल गर्छौं ।” उनले भने ।

    सुधार गृहमा भएको अकल्पनीय घटनामा सुरक्षा निकायले जिम्मेवारी लिनुपर्नेमा उसेपको टाउकोमा हाल्ने काम भैरहेको प्रति उनले असन्तोष व्यक्त गरे । सामाजिक सेवामा तल्लीन संस्थालाई हतोत्सायी बनाउनु नहुने उनले बताएका छन् ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले युसेप नेपालले व्यवसायिक शिक्षालय र सुधार गृह अलग भएको भन्ने नबुझेर पनि युसेपमाथि आक्षेप लागेको हुनसक्ने बताए । उनले बालबिग्याइकर्ताको उमेरआमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औलायौदै अन्यथा ठुला अपराधमा बालबालिकाको प्रयोग हुनसक्ने खतरा रहेको बताए ।

    सांसद रमा कोइराला पौडेलले युसेपले बालबालिकाहरुको भविष्य निर्माणमा योगदान गरिरहेको प्रति सन्तोष व्यक्त गर्दै क्षमता भन्दा बढी बालबालिका राखेको प्रति भने असन्तुष्टि व्यक्त गरिन । युसेपले नराखे राज्य आफैले पूर्वाधार बिकास गर्ने भएकाले युसेपलाई आफ्नो क्षमता भन्दा बढी बालबालिका नराख्न उनले निर्देशन दिइन ।

    कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु सुरेश श्रेष्ठ, भावना श्रेष्ठ र धनेश्वरी प्रजापतिले युसेप नेपालले सञ्चालन गरिरहेको तालिम र बाल सुधार गृहको स्थलगत अवलोकन, निरिक्षण र अनुगमन समेत गरेका थिए । युसेपका सुवालले यसको लागि सहजीकरण गरेका थिए ।

    सो अवसरमा सांसदहरुले त्यहाँ तालिममा सहभागी र सुधार गृहमा रहेका कर्मचारी र बालबालिकाहरुसँग पनि कुराकानी गरे । प्रदेश सांसदहरुले बाल सुधार गृहमा संचालित बाल प्रभा विद्यालयका लागि प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत नर्सको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता प्रकट गरे ।

    प्रदेश सांसद सुरेश श्रेष्ठले बाहिर सुनिए जस्तै सुधार गृहमा सुत्न पालो कुर्नुपर्ने र गुणस्तरहिन खान खुवाउने र विभेद हुने भन्ने कुराको आधार नदेखिएको प्रतिक्रिया दिए । अर्की सांसद भुवनकेशरी श्रेष्ठ भावनाले आफू पनि जनयुद्धकालमा जेल परेको स्मरण गर्दै सबैसंग सकारात्मक भाव र मित्रवत व्यवहार गर्नुपर्नेमा जोड दिईन । उनले सुधार गृहमा सरसफाईको समेत आवश्यकता औल्याएकि छन् । त्यस्तैगरी सांसद धनेश्वरी प्रजापतिले बाल सुधार गृहलाई व्यवस्थित बनाउन प्रदेश सरकार संग माग गर्ने बताउदै पत्रकारहरुले पनि निरन्तर फलो अप गरी यसको व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिइन ।

    उक्त अवसरमा चाँगुनारायणका मेयर जीवन खत्री, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति, सचिव संजीप घिमिरे शुभचिन्तक, सस्थापक अध्यक्ष रमेश खड्का त्यसैगरी पत्रकारहरु मकर श्रेष्ठ, रामगोपाल तमखु, हरिसुन्दर छुकां, संजीव दुलाल, सुरेश सायजू लगायतको समेत सहभागिता रहेको थियो ।

    यो पनि

    सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहस्यमय मृत्यु, स्थिति तनावपूर्ण

    सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...