News Portal

  • अनेसासको देवकोटाजयन्ती र पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न

    रमेश दाहाल भक्तपुर, ५ मंसिर २०८०
    १२६ पटक
    भक्तपुर, ५ मंसिर २०८०

    ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह  भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ ।

    उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बि ओ टी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीको विशेष आतित्थ्यता रहेको थियो।

    त्यसैगरी अतिथीहरूमा वरिष्ठ साहित्यकार कृष्ण धारावासी, नीलम कार्की निहारिका, एन आर एन ए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्व अध्यक्षहरू पुरू सुवेदी, भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरूमा रोहिणी शर्मा, तीर्थराज अधिकारी, सीता पाण्डे रहेका थिए । कार्यक्रममा आसनग्रहणपश्चात दुवै देशका राष्ट्रिय गान साना भाइबैनीहरू आभाष अर्याल, सचिन चापागॅाइ, सुयोग चापागॅाइ, रोजी गौतम र प्रसुन पौडेलले गाएका थिए ।

    प्रमुख अतिथिबाट कार्यक्रममको उद्घाटन पानसमा दियो बालेर गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरिएको थियो। डि सी च्याप्टरका महासचिव नीलकण्ठ सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मीप्रसाद देवकोटाको गीत गायन र संयोजक तीर्थराज पाण्डेले पुरस्कारका विषयमा जानाकारी गराएका थिए ।

    समारोहमा १० सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गरिनुकासाथै अनेसास विशिष्ट पुरस्कार पूर्व अध्यक्ष मोहन सिटौलालाई प्रदान गरिएको थियो ।

    यस वर्षको कृति पुरस्कृत हुनेहरूमा रण काफ्ले भारत- रैथाने उपन्यास – अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार $२१०० | महेश्वर पन्त- बोस्टन अमेरिका- बौलाको डायरी $१००० | श्रीबाबु कार्की नेपाल निबन्ध शन्दिग्ध शताब्दी $१००० | कल्पना खरेल नेपाल- रानीतलाउ $१०००| गणेश कुमार जिसी नेपाल अरनिको एशिया $१००० | सिन्धु पौडेल इजरायल मृतसागरको उचाइबाट कवितासंग्रह $१००० | डा गोविन्द आचार्य नेपाल, दङ्गी उर्वशी, $१०००| निर्मोही व्यास नेपाल आवारा बादल नियात्रा $१००० | महेश पौड्याल नेपाल अपरिचित अनुहार कथा संग्रह $१००० | खेम रिजाल, अमेरीका ऊर्जा ( गीत) $५०० र मोहन सिटौला अमेरिका सुनिल पाठक विशिष्ठ पुरस्कार $२००० रहेका थिए भने उक्त पुरस्कारहरूको प्रायोजन प्रा डा गोपी उप्रेती, रोहिणी शर्मा, डा श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठकले गरेका थिए । यस बर्षको पुरस्कार राशि अमेरिकी डलर १२ हजार बराबरको रहेको थियो ।

    पूर्व अध्यक्ष भीम रेग्मीलाई   अनेसास दीर्घसेवा पदक- २०२३ (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको थियो र होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना, मोहन सिटौलालाई २०२१ को दीर्घसेवा पदक प्रदान गरिएको थियो।

    समारोहमा राष्ट्रकवि  माधव घिमिरेको जन्मोत्सवको अवसरमा गरिने अनेसास राष्ट्रिय कविता महोत्सव-२०२३ मा  प्रथम हुने जगन्नाथ पौडेल, द्वितीय हुने रिषभदेव घिमिरे र तृतिय-१ हुने आनन्द श्रेष्ठलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । तृतिय-२ र ३ लाई यसभन्दा अगाडि नै केन्द्रिय अध्यक्षले नेपालमा प्रदान गरिसकेका थिए ।

    त्यसैगरी बोर्ड अफ् ट्रष्टिका निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भीम कार्की र निर्वाचन आयुक्तहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।साथै समारोहमा अनेसास आजीवन सदस्यताको परिचयपत्र उपस्थित आजीवन सदस्यहरूलाई अध्यक्ष गोवर्धन पूजाले गरेका थिए ।

    समारोहमा  केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्यसहित पुरस्कृत व्यक्तित्वहरूलाई बधाइज्ञापन गरेका थिए ।

    त्यसपछि साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि ईश्वरी भट्टको आकाशपारिबाट र अनेसास न्यूह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कवितासंग्रह दोस्रो प्रकाशनको लोकार्पण गरिएको थियो।

    कृतिकारहरूको तर्फबाट गीता खत्री, पुरस्कृत व्यक्तित्वहरुबाट महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौड़ायल र मोहन सिटौलाले मन्तव्य व्यक्त गरेका थिए । साथै बि ओ टी पुरस्कार समितिका सदस्य सचिव ईश्वरी भट्टले पुरस्कारदाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्त गर्दै समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यसैगरी मदन पुरस्कार विजेतामध्येबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरूमध्येबाट रोहिणी शर्मा, अतिथिहरूबाट होमनाथ सुवेदीहरूले  मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले आफ्नो मन्तव्यमा प्रज्ञा र अनेसासको कामको बारेमा चर्चा गर्दै आफूले सकेको सहयोग गर्ने वचन बध्दता व्यक्त गरेका थिए । कार्यक्रममा बि ओ टी सभापति पदम विश्वकर्माको धन्यवाद ज्ञापनपश्चात पहिलो सभा समापन गरिएको थियो।

    समारोहको यो शत्रलाई केन्द्रीय सदस्य शकुन ज्ञावाली र बि ओ टी महासचिव प्रकाश नेपालले संचालन गरेका थिए । कार्यक्रम संचालन गर्ने क्रममा  ज्ञवालीबाट पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डे, सचिव ईश्वरी भट्ट र सदस्यहरू डा विजयराज शर्मा, सन्ध्या पहाडी र दिपा राई पुनलाई धन्यबाद व्यक्त गरिएको थियो।

    त्यसैगरी दोस्रो शत्र केन्द्रीय अध्यक्ष गोबर्धन पूजाको अध्यक्षतामा बि ओ टी सदस्य रश्मी भट्टले कविता वाचनको कार्यक्रम संचालन  गरेकी थिइन्। धेरै कविहरूको रचना वाचनपश्चात अध्यक्षले सो कार्यक्रमको समापन गर्दै पुनः बि ओ टी सभापति पदम विश्वकर्माको संयोजनमा बृहद गोष्ठी गरिएको थियो।

    केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको संचालनमा अनेसासको विगत, वर्तमान र भविष्यका विषयमा सबै सहभागीहरूले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गरेका थिए । कार्यक्रमको समापनमा सभापति विश्वकर्माले सबैका भावनाको कदर गर्दै अनेसासलाई अगाडी बढाइने प्रतिबध्दता व्यक्त गर्दै कार्यक्रम समापन गरेका बि ओ टी पुरस्कार समितका सदस्य सचिव इश्वरी भट्टले बताए ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...