News Portal

  • शर्मा र सुवेदीलाई सम्मान

    इभक्तपुर संवाददाता
    ५६१ पटक

    २०८०।०८।१४ काठमाडौं
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलाई सम्मान गरेको छ ।

    अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रम अनेसासका केन्द्रीय सल्लाहकार प्रतीक ढकालको प्रमुख आथित्यतामा भएको थियो ।

    अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास महिला समितिका संयोजक सन्ध्या पहाडीको आतिथ्यता रहेको थियो । त्यसैगरी अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल आमन्त्रित अतिथिका रुपमा उपस्थित थिए ।

    स्वागत तथा सम्मान कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यमार्फत उपस्थितहरुलाई स्वागत गरेका थिए ।

    स्वागत सम्मानको कार्यक्रमका अवसरमा लालगोपाल सुवेदीबाट लिखित राहुल–यशोधरा संवादनामक गीतिनाटक कृतिको गृहलोकार्पण गरिएको थियो ।


    सल्लाहकार रोहिणी शर्माले आफ्नो मन्तव्यमा अनेसासको स्थापनाकालदेखिका गतिविधि तथा आफूले अनेसासका लागि गरेका कार्यका विषयमा बताउँदै नेपाल च्याप्टरले गरिरहेका कार्यक्रमहरुको विषयमा प्रशंसा गरेका थिए ।

    च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीबाट विदेशबाट मातृभूमि आएका अनेसाससम्बद्ध स्रष्टाहरुलाई स्वागत सम्मानको परम्परा रहेको कुरा जानकारी गराउँदै अनेसासमा रोहिणी शर्मा र लालगोपाल सुवेदीको भूमिकाको विषयमा प्रष्ट पारिएको थियो ।

    त्यसैगरी विशिष्ट अतिथि पूर्व अध्यक्ष राधेश्याम लेकालीले अनेसास केन्द्र र बिओटीको भूमिकाको विषयमा प्रष्ट पार्दै नेपाल च्याप्टरको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । साथै अनेसासको मेरुदण्डका रुपमा रोहिणी शर्मा रहेको कुरा उल्लेख गर्दै शर्मा र सुवेदीले अनेसास एवं नेपाली साहित्यमा गरेका योगदानको चर्चा गरेका थिए ।

    सम्मानित व्यक्ति लालगोपाल सुवेदीले लेखकीय मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनुवादमात्र नभएर नेपाली साहित्यमा अन्य भाषाकासमेत कृतिहरु आउनुपर्ने र त्यसलाई मान्यता दिनुपर्ने बताए ।

    प्रमुख अतिथि प्रतीक ढकालले भर्खरैमात्र आफूलाई प्राप्त डा. एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारका विषयमा बताएका थिए । त्यसैगरी विदेशी प्रकाशकले प्रकाशन गरेका नेपाली साहित्यका कृतिहरुलाई नेपाली स्रष्टा तथा पाठकहरुले पनि किनिदिने चलन गरेमा नेपाली साहित्यको विश्व बजारीकरणमा सहयोग पुग्ने बताए । साथै नेपाल च्याप्टरले गरेका कार्यहरुको बारेमा बोल्दै सुझावसहित प्रशंसा व्यक्त गरेका थिए ।

    धन्यवाद तथा समापन मन्तव्यको क्रममा सभापति राजेन्द्र केसीले आफूलाई सुम्पिएको नेपाल च्याप्टरको नृतृत्वकाललाई हरहालतमा सफल र उदाहरणीय बनाउने कुरा बताउँदै नेपाल च्याप्टरको कार्यालय तथा अनेसास सम्पर्क सचिवालय सञ्चालनार्थ सबैको सहयोगको आवश्यकता रहेको बताए ।

    नेपाल च्याप्टरका महासचिव रञ्जना निरौलाद्वारा संचालन भएको उक्त कार्यक्रममा नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष मंजिला शर्मा, कोषाध्यक्ष कमला रिसाल, सदस्यहरु शान्ति न्यौपाने रिसाल, इन्दिरा ढकाल, डिआर राईलगायत राज रजक, शान्ता बस्नेतसहितको उल्लेख्य उपस्थिति थियो ।

    कार्यक्रम नेपाल च्याप्टरको कार्यालय धोवीधारामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...