News Portal

  • डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

    इभक्तपुर संवाददाता
    ६९७ पटक

    २०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो ।

    नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

    लाटागुड़ीको ‘युनिक इन’ नामक रिसोर्टमा “Ecology and Eco poetry” को थिममा  “थिन्कर्स एण्ड राइटर्स पीस मीट” कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रमको उद्घाटन प्रख्यात लेखक पद्मजा अयङ्गर पेड्डी (हैदराबाद), साहित्य पत्रकार संघ, काठमाडौं, नेपालका अध्यक्ष राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा गरेका थिए । उनीहरू लगायतलाई Literary Award बाट सम्मानित पनि गरिएको थियो ।

    उत्तर कन्यामाको दायित्वमा रहेका पश्चिम बङ्गाल सरकारका सिएमओ श्री सुभाशिष घोषको अध्यक्षता अनि साहित्य अकादमी पुरस्कारले सम्मानित हैदराबादका प्रख्यात कवि तथा लेखक पद्मजा अयङ्गर पेड्डीको उपस्थितिमा प्रारम्भ भएको उक्त दुई दिवसीय कार्यक्रमको मूल विषय प्रकृति, साहित्य अनि समाज रहेको थियो ।

    कार्यक्रममा यी विषयहरू कसरी एक अर्कामाथि निर्भरशील छन् भन्ने विषयमाथि विभिन्न विद्वान अनि कविहरूले आ-आफ्नो भाषामा आ-आफ्ना विचार व्यक्त गरेका थिए।

    उक्त कार्यक्रममा बहुभाषिक कविगोष्ठीको पनि आयोजना गरिएको थियो । जसमा ६० भन्दा बढी कविहरुले आआफ्नो कविता वाचन गरेका थिए ।

    कोलकाताबाट बङ्किम चन्द्र चट्टोपाध्यायका पञ्चम पीढ़ी, कवि विद्वान श्री जयदीप चट्टोपाध्याय, नेपालबाट अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बाङ्लादेशबाट कवि रिख्तार हुसैन, आसामबाट कवि सुशान्त मोहन देव, खरसाङबाट कवि एवं  साहित्यकार आशा मुखिया लामा, सिलगढ़ीबाट कविहरु लतिका जोशी, उषा नन्दी गहतराज, पौलमी दास मैत्रको विशेष सहभागीता रहेको थियो ।

    कार्यक्रममा बाङ्ला साद्री अनि सिलेटी भाषाका विभिन्न कवि तथा साहित्यकारहरू कोलकाता, सिलगढ़ी, जलपाईगढ़ी र कुचबिहारबाट उपस्थित भएका थिए भने डुवर्सबाट नेपाली साहित्य विकास समितिका सदस्यहरू कवि एवं पत्रकार अजय खड़का, कवि एवं गीतकार बेग बसन्त थापा, कवि अबीर खालिङ, कवि गणेश गजमेर र  समालोचक तथा समीक्षक रूपेश शर्मा आदिको पनि उपस्थिति रहेको थियो ।

    त्रिस्रोता साहित्य ओ प्रवाहको तर्फबाट अध्यक्ष सुब्रत दत्त साथै बलराम सरकार, सुदीप शाह, डलि देब, गायक किङ्सुक भौमिक, राजा चक्रवती, स्नेहा मैत्र, पारोमिता बिश्वास, गौरी चौधरी र साहित्य, संस्कृति एवं नाट्य क्षेत्रका दिग्गजहरूको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रम पहिलो दिनको संचालन डा. सुदिप्त चट्टोपाध्याय, डाइरेक्टर शिशु मङ्गल हस्पिटल तथा सचिव,  आइ. एस. आइ. एस. आरले गरेका थिएभने दोस्रो दिनको कार्यक्रमको सञ्चालन त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका संयोजक तथा कवि श्री किरण मजुमदारले गरेका थिए ।

    दुई दिवसीय उक्त कार्यक्रमको सम्पूर्ण व्यावस्थापना त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका सहसभापति तथा सिलगढ़ीका ख्यातनामा व्यवसायी श्री सुब्रत दत्तले गरेका थिए ।

    कार्यक्रममा विभिन्न पुस्तकहरूको लोकार्पण, सांस्कृतिक कार्यक्रम, नाटक मन्चनसमेत गरिएको थियो । अनुवाद एवं सर्जक उषा नन्दी गहतराजद्वारा अनुवादित, किरण मजुमदारद्वारा सम्पादित प्रख्यात हिन्दी कवि राजेन्द्र परदेशीको कवितासङ्ग्रह “राजेन्द्र परदेशी की कविताएँ” को बाङ्ला अनुवाद “राजेन्द्र परदेशीर एकक कविता गुच्छ”-को विमोचन पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...