News Portal

  • अनेसास अफ्रिकाले मनायो अनेसास दिवस

    इभक्तपुर संवाददाता
    २४६ पटक

    सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरि मनाएकोछ ।

    सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुबेदीले अमेरिकामा स्थापना गरेको अनेसासले आज तेत्तीसौं वसन्त पार गर्दैछ । त्यही दिनको जगमा उभिएर अनेसासले नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाको सम्बर्द्धन, प्रबर्द्धन र विश्वव्यापीकरणमा उल्लेख्य कामहरु गरिएको छ ।

    यस वर्षदेखि हरेक वर्षको जनवरी ११ लाई अनेसास दिवसको रुपमा मनाउने केन्द्रको निर्णय अनुसार आफ्नो च्याप्टरले पनि मनाएको कुरा अफ्रिका महादेशीय च्याप्टर अध्यक्ष गणेश खड्काले बताए ।

    अनेसास अफ्रिका महादेशीय च्याप्टर अध्यक्ष गणेश खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ, अतिथिहरुमा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, कवि तथा सन्चारकर्मी मोहराज शर्मा थिए।

    कार्यक्रमको अवसरमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई सम्मान गरिएको र उक्त सम्मानपत्र च्याप्टर अध्यक्ष गणेश खड्काले वाचन गरेर समर्पण गरेका थिए ।

    कार्यक्रममा अनेसासका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुबेदी, वर्तमान अध्यक्ष गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव बिमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल, बिओटी सल्लाहकार रोहिणी शर्मा लगायतले अतिथिका रुपमा आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्दै अफ्रिका महादेशीय च्याप्टरको प्रशम्सा गरेका थिए । कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका प्रमुख सल्लाहकार हिक्मत थापा, सल्लाहकार सुवाश सापकोटा, सचिव सागर भण्डारी, कोषाध्यक्ष तिर्सना कोइराला, कार्यसमिति सदस्यहरु रामचन्द्र राई,पासाङ शेर्पा, गङ्गा बश्याल लगायत सर्जकहरु प्रेमप्रसाद भट्टराई, सिन्धु पौडेल,जमुना भट्टराई, गङ्गा पोखरेल, रमेश दाहाल समेतको बाक्लो उपस्थिति रहेको थियो भने धेरैजसोले आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य सहित रचना वाचन पनि गरेका थिए ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ कवि श्रवण मुकारुङले अनेसासाको फैलावट, ज्ञान र विस्तारले नेपाली भाषी समुदायलाई गौरवान्वित बनाएको बताए । नेपाली भाषा, साहित्यको श्रीवृद्दीमा अनेसास र अफ्रिका च्याप्टरको योगदान अतुलनीय रहेको भन्दै उनले अझै उर्जाशिल भएर प्रगति मार्गमा अघि बढ्न अभिप्रेरित गरे ।

    साथै उनले अनेसास अफ्रिकाद्वारा प्रकाशित साहित्य सङ्गालो “किलन्जारो” विमोचनका अवसरमा आफ्नो उपस्थिति र शुभेच्छाको समेत स्मरण गरे । अतिथि साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले आफू अफ्रिका च्याप्टरको कार्यक्रममा पहिलोपटक सहभागी भएको र यहाँका श्रष्टाहरुको सकृयता र लगनले प्रभावित भएको बताउदै आफ्नो तर्फबाट सदैव साथ रहने बचन दिईन् ।

    अर्का अतिथि कवि तथा सन्चारकर्मी मोहराज शर्माले यो अनेसास अफ्रिका महादेशीय च्याप्टर स्थापना भएदेखि नै आफुले निक्कै अभिरुचिपूर्वक नियालिरहेको र यसले तय गरेको उर्वर यात्राले आफुलाई भित्रैसम्म छोएको बताए। साथै उनले सन्चारका माध्यमबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    कार्यक्रममा सम्मानित व्यक्तित्व अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अध्ययन, अनुसन्धान, साधना र सिर्जनाले अनेसासको श्रीवृद्दीमा बल पुग्ने हुनाले सिर्जनात्मक कार्यमा निरन्तर लाग्न अनेसासमा आवद्ध सबै श्रष्टाहरुलाई आव्हान गरे । अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले अनेसास स्थापना दिवसको आरम्भ वर्ष मनाउने क्रममा अफ्रिका महादेशीय च्याप्टरले उदाहरणीय काम गरेको भन्दै प्रशम्सा गरे ।

    अनेसास अफ्रिका महादेशीय च्याप्टरकि महासचिव चन्द्रकला आचार्यले सन्चालन गरेको उक्त कार्यक्रममा च्याप्टरका उपाध्यक्ष कृष्ण दत्त भट्टले स्वागत मनतव्य दिएका थिए । केन्द्रीय कार्यसमितिको पनि केही मिनेट अघिसम्म सोही कार्यक्रम चलेकोले समयको तालमेल नमिल्दा नेपालबाट आमन्त्रित प्रमुख अतिथि र अतिथिहरुले केही असहजता झेल्नुपरेकोमा आयोजकको तर्फबाट माफी माग्दै च्याप्टर अध्यक्ष गणेश खड्काले धन्यवाद ज्ञापन र आफ्नो छोटो मनतव्य सहित कार्यक्रम को विसर्जन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...