News Portal

  • साहित्यकार सरुभक्त र मुक्तककार अनुराधा ढकाललाई पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०८०
    ५६२ पटक
     भक्तपुर, १६ माघ २०८०

    नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ ।

    प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ र २०७९ सालभरिमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने रु. ३१ हजार रुपैयाँको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाल (चितवन) को मुक्तककृति ‘आरब्ध’लाई अर्पण गर्ने निर्णय गरेको छ ।

    यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।

    सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’को समेत लोकार्पण गरिने प्रतिष्ठानले जनाएको छ ।  यही माघ १८ गते मुक्तक दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिने समारोहमा उपर्युक्त दुवै पुरस्कारहरू अर्पण र कृति लोकार्पण गरिने छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...