News Portal

  • सुप्रभात काव्य गोष्ठी सम्पन्न

    काठमाडौ, २० माघ २०८०
    २६८ पटक
    काठमाडौ, २० माघ २०८०

    नागार्जुन साहित्यिक प्रतिष्ठान, परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रुपमा संचालन गरिने “सुप्रभात काव्य गोष्ठी” सम्पन्न गरिएको छ । शनिबार इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा काव्य गोष्ठी सम्पन्न गरिएको हो ।

    नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा प्रमुख अतिथि नेपाली केन्द्रीय विभाग किर्तिपुरका प्रा.डा. नारायणप्रसाद गड्तौलाको समालोचकीय भूमिकामा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सिडियो तथा साहित्यकार अमर दीप सुनुवारको विशेष आतिथ्यमा १७ साहित्यकारहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

    उक्त कार्यक्रममा गङ्गा प्रसाद भेटुवाल द्वारा झापालीलाई शंका नगर गीत, गंगा खतिवडाद्वारा नागार्जुन तिमिलाई के भनौं ? कविता त्यसैगरी प्रकाश कोईरालाको छुच्चो कविता, नविन ‘पल्ल्लव’ द्वारा सिरुपाते खुकुरी राष्ट्रवादी कविता,सुशान्त न्यौपानेद्वारा तारकेश्वर नगरपालिकाको पर्यटकीय वर्णन सहितको गीत, शिवहरी पाण्डेद्वारा समसामयिक विषयवस्तुमा आधारित बाँदरको घोषणापत्र कविता , बलराम बिष्टद्वारा पान कविता
    जयराम बिडारीद्वारा मुक्तक, रुबि सत्यालद्वारा संघर्षरत बा हरुमा समर्पित ‘बा’ कविता प्राज्ञ चेतनाथ धमलाद्वारा टुक्रा तथा धमिरा शिर्षकको चोटिलो कविता,माधव घिमिरे ‘अटल’ द्वारा सपनाको महानगर कविता पस्किएका थिए ।                                                                                    नागार्जुन साहित्यिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालद्वारा प्रतिष्ठानको साहित्यिक गतिविधिका बारेमा चर्चा गर्दै प्रतिष्ठानको स्थापनामा स्वर्गीय दाहाल यज्ञनिधीको भूमिकाका बारेमा प्रकाश पार्दै कविता वाचन गरिएको थियो ।

    सो कार्यक्रममा हालसालै दिवंगत भएका हेम पौडेल, तथा बिके पाल्पली र यादव थपलिया लगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रिय तिमिले त्याग्नुपर्छ कविता वाचन गरिएको थियो । साथै कवि तथा संचारकर्मी रेणुका भट्टराईद्वारा पत्रकार तथा साहित्यकार बि. के. पाल्पालीको ३ हाइकु वाचन गर्दै
    ‘म पनि मान्छे हुँ’ कविता सुनाइएको थियो , यसैक्रममा बिशेष अतिथी ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरका साहयक सिडियो तथा कवि अमर दीप सुनुवारले सहिदगेट संगका यक्षप्रश्न’ कविता सुनाउनुका साथै कार्यक्रमका संचालकको भूमिका समेत निभाएका युवराज नास्तिकद्वारा’ठूटो चुरोट’ प्रस्तुत गरिएको थियो । कवि अर्पणा खड्काद्वारा शिर्षक बेनामे कविता तर सशक्त रुपमा प्रस्तुत गरिएको थियो ।
    यसैक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलद्वारा संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै ‘सिडियोको सेतो घोडा नामक ब्यंग्य कविता वाचन गरिएको थियो ।

    कार्यक्रमका समिक्षकको भूमिकामा समेत रहेका प्रमुख अतिथि प्रा. डा. नारायणप्रसाद गर्तौलाद्वारा समिक्षाका क्रममा रचनाको भावनाको गहनताको महत्तालाई कविको प्रतिभाको प्रस्फुटनका निर्माणमा लगानीको प्रतिफलको रुपमा प्रशंसित गरिनुपर्ने बताउंदै सिद्धान्तको आधारमा लेखिएका कवितालाई कविताको आधारमा सिद्धान्त बनाइनुपर्ने उल्लेख गर्दै कवि हृदयले बिशालता सिंचन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा कवितारुपी सौन्दर्यको पारख पाठकले गर्ने पीडाको बीचमा पनि मानवताको आकांक्षाको खोज गरिएको सृजना जीवन्त हुने बताउंदै शाशक बर्गले ज्ञानीजनको उपेक्षा गरिने बर्तमान अवस्थालाई सुक्ष्मरुपमा समिक्षा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...