News Portal

  • गुणराज पोखरेलको ‘बौहिनिया’ बजारमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ चैत २०८०
    ५५८ पटक
    भक्तपुर, ३ चैत २०८०

    जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

    पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका प्रतिष्ठानका कुलपति भुपाल राई लगायतका अतिथिहरुले बैहिनियाको लोकार्पण गरेका छन् ।

    लोकार्पणपछि बौहिनियाको चिरफार गर्दै वरिष्ठ नाटक निर्देशक एवं रङ्गकर्मी घिमिरे युवराजले पुस्तक पठनीय मात्र नभई मञ्चनीय समेत रहेको बताए ।

    उक्त अवसरमा घिमिरे युवराजले नाटक बिधालाई उपेक्षा गरिएको र साहित्यकारहरुले नै नाटक पढ्ने र हेर्ने नगरेका दुखेसो गरेका छन् । नेपालका कतिपय नाटक लेखकले त कहिल्यै अरुका नाटक नपढेका र नहेरेका पाइएको खुलासा गर्दै उनले बौहिनियाका लेखक पोखरेलले नाटकको प्राविधिक पक्षलाई पनि न्याय गरि जीवन्त बनाएकोप्रति आभार प्रकट गरे ।

    नाटक बिधामै विद्यावारिधि गरेका समालोचक प्राडा अशोक थापाले बौहिनियाले नेपाली समाजको सकारात्मक पक्षलाई उत्खनन गरेको बताएका छन् । ग्याब्रियल र म्यारी बिदेशी पात्रमार्फत नाटककारले मान्छेको प्रतिकुल मानसिक अवस्था र त्यसको समाधान खोजेका उनले खुलासा गरे । खासमा पूर्वीय सभ्यता र सस्कृतिको वकालत गरिएको बौहिनियाले वर्तमान विश्वको यथार्थ चित्र प्रस्तुत गरेको उनको भनाइ छ ।

    त्यसैगरी अर्की समालोचक प्राध्यापक रजनी ढकालले मनोविज्ञानको विषयलाई महत्व दिएर नाटककारले समाजको चिरफार गरेका बिचार ब्यक्त गरिन । समाजमा अनेकन बिकृती बिसङ्गती बढ्दै गरेको प्रति चिन्ता ब्यक्त गर्दै प्रा ढकालले अरुको समस्या समाधान गर्ने हुटहुटी र पूर्वीय दर्शनको पक्षपोषण प्रति नाटककारको प्रसंशा गरिन । नाटकले समाजलाई सकारात्मकता तर्फ लगेको बताउदै उनले बौहिनिया नाम जस्तै रहस्यमय र रोचक रहेको बताएकी छन् ।

    पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विश्व एउटै समाज बनिसकेको बताए । सबै सभ्यताका आआफ्नै सौन्दर्य हुने भन्दै उनले बौहिनिया मार्फत पूर्वीय सभ्यतालाई उजागर गरिएको बिश्वास ब्यक्त गरे ।

    आफू प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि पढ्ने लेख्ने फुर्सद नभएको खुलासा गर्दै राईले औपचारिक कार्यक्रमको चटारोले प्राज्ञिक काम ओझेलमा पर्नसक्ने संकेत गरे । नाटक बिधा मात्र नभई साहित्यका धेरै बिधामा पाठक र लेखक घटेकाप्रति दु:ख ब्यक्त गर्दै कुलपति राईले नेपाली साहित्य क्षेत्रलाई माथि उठाउन सबैको सामुहिक पहलको आवश्यकता औल्याएका छन् ।

    साहित्यकार ढुन्डिराज पोखरेलको सभापतित्वमा संचालित बौहिनिया पुस्तक लोकार्पण कार्यक्रमको संचालन रेडियोकर्मी गीता चिमोरियाले गरेकी थिइन् ।  उक्त अवसरमा पुस्तक बिक्रि बाट उठेको रकम तिनकुने स्थित एक जेष्ठ नागरिक आश्रमलाई दान दिने लेखक गुणराज पोखरेलले उद्घोष गरेका छन् । ४ भाग रहेको नाटक बौहिनियामा ९८ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य भने रु २ सय ८० रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...