News Portal

  • भक्तपुरमा कक्षा १० की छात्रा ऋजुको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ सार्वजनिक

    बाबुराम दाहालभक्तपुर, ३ असार २०८१
    १४१५ पटक
    भक्तपुर, ३ असार २०८१

    भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।

    थिमि ब्याङ्क्वेटमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती अतिथिहरु पूर्व सदस्य प्राडा देवी नेपाल त्यसैगरी प्राडा षडानन्द पौडेल, डा दिपेन्द्र अधिकारी, चेतोनाथ गौतम र उपन्यासकार ऋजु गौतम लगायतले ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ उपन्यासको शनिवार सार्वजनिक गरेका हुन् ।

    सो अवसरमा समालोचक डा दिपेन्द्र अधिकारीले उपन्यासको समालोचना गरेका थिए । उपन्यासले पाठकहरूलाई एउटा जादूको दुनियाँमा लैजाने उनले बताए । पाठकहरुले उपन्यास पढ्दै गर्दा जोखिम र उत्साहले भरिएको जादुई यात्रा गर्ने उनको भनाइ छ ।

    उपन्यासकारको कल्पनाशीलताले कमजोर पात्रहरु विकसित र बलियाँ हुँदै आदर्श र क्षमतावान बनेका छन् । उपन्यासले कमजोर मनोविज्ञान बोकेकालाई बलियो बन्न कसैले रोक्न नसक्ने सन्देश प्रवाह गरेको छ ।

    उपन्यास सार्वजनिक कार्यक्रममा वक्ताहरुले लेखक गौतमको मुक्त कण्ठले प्रशंसा गरेका छन् । अरुको मातृभाषामा आफना भावनाहरु सलल बगाउन सक्ने गौतमको साहित्यिक जीवन उज्जल रहेको समिक्षकहरुले बताएका छन् ।

    सान स्मृती सेवा समाजले प्रकाशन गरेको उपन्यास ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ को बजार मूल्य रु ३०० रुपैयाँ रहेको छ । १४ भाग रहेको उपन्यासमा २ सय १३ पृष्ठ रहेको छ । अन्तिम पृष्ठमा उपन्यास धारावाहिक रुपमा आउने उद्घोष समेत गरिएको छ ।

    उपन्यासकार ऋजु गौतमका पिता एवं गोल्डेन सुनगाभा स्कूलका प्रिन्सिपल महेशचन्द्र गौतमले आफ्नो छोरीको प्रतिभा प्रष्फुटनका लागि आफूले सधै उत्प्रेरित गरेको बताएका छन् । आफ्ना पिता नन्दलाल गौतमले साहित्यमा सेवा पुर्याएको स्मरण गर्दै उनले सोही बाटोमा छोरी हिडेको देख्दा सन्तोष मिलेको प्रतिक्रिया दिए ।

    कार्यक्रममा कोभिड- १९ मा ज्यान गुमाएका बरिष्ठ साहित्यकार नन्दलाल गौतमको कृतीबारे प्राडा षडानन्द पोखरेलले चर्चा गरेका थिए भने विष्णुचन्द्र गौतमले आफ्ना हजुरबुबा रंगलाल गौतमको शब्द संकलन गरी तयार पारिएको ठट्यौली गीत सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा एकै परिवारका ३ पुस्ताको साहित्यिक चर्चा भएको थियो । वरिष्ठ साहित्यकार तथा कवि स्व. नन्दलाल गौतमको कविता संग्रह ‘प्रतिबिम्ब’ उनका छोरा विष्णुचन्द्रको ठट्यौली गीत र नातिनी उपन्यासकार ऋजु गौतमको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’मा शनिवार बरिष्ठ साहित्यकार र साहित्यानुरागीहरु रमाएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...