News Portal

  • पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ भदौ २०८१
    ४०६ पटक
    भक्तपुर, २२ भदौ २०८१

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार साँझ सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका कार्यवाहक प्रधानसेनापति लेफ्टिनेन्ट जनरल अशोक राज सिग्देलले पाकिस्तान र नेपालबीचको बहुआयामिक द्विपक्षीय सम्बन्ध, जसमा आर्थिक, व्यावसायिक, शैक्षिक, प्राविधिक सहयोग तथा सैन्य सम्बन्धहरू रहेकाबारे बताएका छन् । उनले संकटको समयमा पाकिस्तानले प्रदान गरेको सहयोगलाई उच्च प्रशंसा गर्दै मित्र रास्ट्रको रुपमा नेपाली संस्थाहरूको क्षमता बिकासमा पाकिस्तानले निस्वार्थ सहयोग गरिरहेको उल्लेख गरे । दुई देशबीचको आपसी सहयोग मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने उनले बिश्वास व्यक्त गरेका छन् ।

    सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले रक्षा तथा शहीद दिवसको महत्त्वमाथि प्रकाश पार्दै मातृभूमिको रक्षाका लागि जीवन उत्सर्ग गर्ने पाकिस्तानका सशस्त्र बल, कानून प्रवर्तन निकायहरू र नागरिकहरूको बलिदानप्रति उच्च प्रशंसा र सम्मान प्रकट गरे ।

    राजदूत हाश्मीले पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वमा आफ्नो दृढ प्रतिबद्धता कायम राखेको र आतंकवादविरुद्धको वैश्विक संघर्ष तथा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

    पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको प्रश्नमा कहिल्यै सम्झौता नगर्ने प्रष्ट पार्दै उनले शहीदहरूको बलिदानीलाई पथप्रदर्शनको रुपमा लिएर अघि बढिरहेको बताए ।

    रक्षा सहचारी कर्णेल मोहम्मद अली अलवीले आफ्नो मन्तव्यमा पाकिस्तानको रक्षा तथा शहीद दिवसको महत्त्व र पाकिस्तानका सशस्त्र बल तथा कानून प्रवर्तन निकायहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए । साथै, उनले दुई देशबीचको बलियो सैन्य सम्बन्धलाई क्षेत्रीय शान्ति र स्थायित्व प्राप्त गर्ने साझा दृष्टिकोणले मार्गदर्शन गरेको बताए ।

    कार्यक्रमको क्रममा पाकिस्तानका सशस्त्र बल, रक्षा उत्पादन र पाकिस्तानको संस्कृति सम्बन्धी वृत्तचित्रहरू पनि प्रदर्शन गरिएको थियो ।

    उक्त समारोहमा वरिष्ठ नेपाली सैन्य तथा नागरिक अधिकारीहरू, राजदूतहरू, सेवानिवृत्त वरिष्ठ सेना अधिकारीहरू, पूर्व प्रधानसेनापति, शैक्षिक क्षेत्रका व्यक्तित्वहरू, कूटनीतिक निकायका सदस्यहरू, रक्षा सहचारीहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र पाकिस्तानी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...