News Portal

  • बिदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा गठ्ठाघरबाट अधिकृत पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार
    ८३८ पटक
    भक्तपुर, २१ असार

    झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा गठ्ठाघरबाट  एकजना निजामती कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रहदा उक्त कार्य गरेको अभियोगमा उनी पक्राउ परेेेका हुन् ।

    पक्राउ पर्नेमा जिप्रका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य रहेका छन् । उनलाई गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    आचार्यलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...