News Portal

  • भक्तपुरमा बुधबार ९ जना थपिएसंगै हालसम्म संक्रमित हुनेकाे संख्या ५५६

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ भदौ
    ७०७ पटक
    भक्तपुर, १७ भदौ

    बुधबार भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३८८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरका ९ जना परेका हुन् ।

    बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरमा ९,ललितपुरमा २९ र काठमाडौंमा ३५० गरी कूल ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या भक्तपुरमा ५५६, ललितपुरका ७७२ र काठमाडौंमा ५२६५ पुगेको बताइएको छ ।

    प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर आज ११२० जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने कूल संक्रमित मध्ये हालसम्म २३ हजार २९० उपचारपछि निको भएका भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता ढकालले दिए पार्टीलाई ६ बुँदे सुझाव

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहेका भक्तपुरका युवा नेता डिपी ढकालले पार्टी लाई ६...

    विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने गतिविधि राम्रो होइनः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको...

    भारतीय दूतावासका भारतीय सुरक्षा गार्डद्धारा आफैँलाई गोली हानी आत्महत्या

    काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका...

    एसपीपीमा संलग्न भएको प्रमाण देखाउन ओलीको माग

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा...

    इनफ इज इनफः केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)...