News Portal

  • भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गरिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ माघ
    ६८९ पटक
    भक्तपुर, ९ माघ

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका क्रममा उक्त कुरा बताएका हुन् ।

    उनले आफू भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गर्ने अभियानमा रहेको समेत खुलासा गरे । काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले देशको सन्तुलित विकासको लागि उपत्यका बाहिर सुविधासम्पन्न सहरहरुको विकास गर्नुपर्नेे बताए ।

    बर्तमान राजनीतिक प्रह्नको जबापmमा उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा भारतको हात रहेको बताएका छन् । एमाले र माओवादी केन्द्रको एकतामा भारतको संलग्नता रहेको र विभाजनमा पनि उसकै हात भएको उनको भनाइ छ ।

    नेपाललाई सिक्किम र भुटान बनाउने भारतको योजनाअनुसार नेकपालाई फुटाइएको हुनसक्ने उनले आसंका गरेका छन् ।
    संसद विघटनको आैचित्वबारे सोधिएको प्रश्नमा भने उनले जनतालाई राजनैतिक रुपमा सचेत पार्न निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने र नेमकिपा त्यसका लागि तयार रहेको प्रष्ट पारे ।

    दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारले आफूलाई कम्युनिष्ट दाबी गरे तापनि नेपालमा समाजवादी व्यवस्था कार्यान्वयनबारे कुनै चासो नदिएकोे उनको जिकिर छ । परिपक्व नेतृत्वले देशको राजनीतिलाई सही दिशामा डोहो¥याउने बताउदै नेता प्रजापतिले नेपाल मजदुर किसान पार्टीले जिल्ला जिल्लामा जनतालाई सचेत पार्ने गतिविधिहरु संचालन गर्दै आइरहेको र नेमकिपाका कार्यकर्ताहरु पद र पैसा भन्दा पनि जनताको सेवामा समर्पित भएर लागिरहेको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...