News Portal

  • भक्तपुरकी पत्रकार लक्ष्मी गारु निर्विरोध निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० चैत
    १६६२ पटक
    भक्तपुर, २० चैत

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश कमिटीको निर्वाचनमा उम्मेदवारी दिएकी भक्तपुरकी पत्रकार लक्ष्मी गारु निर्विरोध निर्वाचित भएकी छन् । उपत्यका प्रदेश कमिटीको महिला सदस्य पदमा उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

    शुक्रवार निर्वाचन समितिले उनी निर्विरोध निर्वाचित भएको सार्वजनिक गरेको हो । उनका प्रतिस्पर्धीहरुको योग्यता नपुगेका कारण उनीहरुको उम्मेदवारी रद्द भएको र गारु निर्विरोध निर्वाचित भएकी उपत्यका प्रदेशका निवर्तमान अध्यक्ष एनके दाहालले बताए ।

    भक्तपुरमा रहेर पत्रकारितामा कृयाशील गारु रासस, न्युजअफ साप्ताहिक र थाहा खबरसंग आवद्ध रहेकी छन् । प्रदेशमा अध्यक्ष श्रीजन झा प्यानलबाट उम्मेदवारी दिएकी नेपाल प्रेस युनियनकी उनी यस अघि पनि कार्यसमिति सदस्य रहिसकेकी छन् । सोही पदमा झा प्यानलकै क्रान्तिकारी पत्रकार संगठन आवद्ध सञ्चारकेन्द्रकी कार्यकारी सम्पादक दीया चन्द समेत निर्विरोध निर्वाचित भएकी छन् भने मधेसी सदस्री तर्फका अनिलकुमार गुप्ता र विनयकुमार महतो पनि निर्विरोध निर्वाचित भएका बताइएको छ ।

    पत्रकार महासंघ उपत्यका प्रदेशमा झा प्यानलकै प्रेस संगठनको तर्फबाट उम्मेदवार रहेकी देखापढीमा कार्यरत पत्रकार रोजिना थापा पनि महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रतिस्पर्धी रहेकी भक्तपुरकी पत्रकार राससकर्मी चन्द्रकला क्षेत्री (भगवती)ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रोजिना निर्विरोध निर्वाचित भएकी निर्वाचन समितिले पुष्टि गरेको छ ।

    पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन भने २५ चैतका लागि तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...