News Portal

  • नेता ढकालको प्रश्न : ओलीका सबै निर्णय अब उप्रान्त मान्छौं भन्नुबाहेक १० बुँदामा के छ ?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ असार २०७८
    १४९७ पटक
    DP dhkalभक्तपुर, २८ असार २०७८

    पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता बिरुद्ध आन्दोलित बनेका शक्तिहरुबाट नेकपा एमाले(नेपाल पक्ष) बिमुख बन्ने देखिएको छ । आइतवार राति केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेसंगै यस्तो संकेत देखिएको हो ।

    पाँच दलीय गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र)का भक्तपुर अध्यक्ष डिपी ढकालले सहमति भएको भनिएको १० बुँदामा नेपाल पक्षको आत्मसर्पण देखिएको दावी गरेका छन् । अध्यक्ष ओलीको स्वेच्छाचारिता बिरुद्ध लडेको नेपाल पक्षलाई उनले प्रश्न गरेका छन्, ”ओलीका सबै निर्णय अब उप्रान्त मान्छौं भन्नुबाहेक १० बुँदामा के छ ?”

    केपी ओलीले अहिलेसम्म गरेका निर्णयमा सहमत छौं भन्ने बाहेक सहमतिमा अरु कुनै कुरा नभएको नेता ढकालको भनाइ छ । ओलीको हालसम्मका सबै निर्णयमा सहमत छौं भन्ने एक बुँदामा हुने कुरालाई १० बुँदा देखाएर नाटक गरिएको उनले आरोप लगाएका छन् । उनले नेता नेपाललाई उनकै पक्षका कनिष्ठहरुले धोका दिएका समेत जिकिर गरे । जोजोलाई उनले आफ्नो ठाने र माया गरे उनैले धोका दिएर १० बुँदेमा माधव नेपाललाई ल्याइपुर्याएको उनको जिकिर छ । अध्यक्ष ढकालले यसलाई आफ्नैहरुबाट वरिष्ठ नेता नेपाललाई गरिएको धोकाको संज्ञा दिएका छन् । पाँच दलीय गठबन्धनबाट नेपाल पक्ष बाहिरिनु पर्ने आधार नदेखिएको भन्दै उनले नेपाल पक्षले आत्मसर्पण नै गर्यो भने पनि गठबन्धन कमजोर नहुने दावी गरेका छन् ।

    सार्वजनिक भएको सहमति उपर वरिष्ठ नेता माधव नेपालले समेत असहमति जनाइसकेका सकेका छन् । सर्वोच्च अदालतको आदेशलाई प्रभावित गर्न सहमतिको नाटक मन्चन भएको हुनसक्ने उनले आशंका गरेका छन् । हेर्नुस सार्वजनिक सहमतिका १० बुँदा ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...