News Portal

  • परिचयपत्र नभएकालाई भाडामा नराख्न सरकारको आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ कात्तिक २०७८
    ५१० पटक
    भक्तपुर, ८ कात्तिक २०७८

    सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो ।

    कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि भाडामा नराख्न बिज्ञप्तीमा आग्रह गरिएको छ । त्यतिमात्र होइन गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल द्वारा विज्ञप्तिमा त्यस्ता व्यक्तिहरूलाई कुनै किसिमको कामकाजमा समेत नलगाउन भनिएको छ ।

    पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिककाे प्रहरी चाैकीमा खबर गरी सहयाेग गरिदिन पनि सरकारले आग्रह गरेकाे छ ।

    केहिदिन अघि मात्र गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका केही अफगानीहरु उपत्यकामा फेला परेसंगै सरकार सतर्क भएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...