News Portal

  • पाथीभरा एकेडेमीमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ चैत
    ८९३ पटक
    pathibharaभक्तपुर, २६ चैत

    सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको हो ।

    उक्त अवसरमा विद्यालयले आफ्ना अमूल्य सन्ततीलाई पढाउने अवसर दिएकामा अभिभावकहरुलाई खादा लगाई अभिनन्दन गरेको थियो भने अभिभावकहरुको विश्वास र अपेक्षा अनुरुप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेशप्रसाद सिटौलाले स्थापनाको १० वर्षमा विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराए । पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले प्रत्येक वर्ष कक्षा थप गर्दै जानेक्रममा हाल कक्षा ७ सम्म संचालन गर्न सफल भएको उनको भनाइ छ । प्रिन्सिपल सिटौलाले विद्यालयको शैक्षिक गुणस्तर,स्तरीय हेरचाह र अभिभावकीय ब्यवहार तथा स्वस्थकर खानपान एवं वातावरणका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । उनले कोभिडका कारण कमजोर बनेको सिकाइलाई प्रभावकारी बनाउदै लगिएको जिकिर गर्दै ३ वर्ष देखि रोकिएको औपचारिक कार्यक्रम गर्न पाएकोमा सन्तोष समेत व्यक्त गरे ।

    उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सन,भक्तपुरका अध्यक्ष संजय खड्काले शैक्षिक प्रगतीका लागि विद्यालय र अभिभावकले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए ।” विद्यालय वा अभिभावक एउटा पक्षले मात्र हात अघि बढाएर हुँदैन,दुवै पक्षको उत्तिकै साथ् र सहयोग चाहिन्छ ।” उनले भने ।

    अध्यक्ष खड्काले अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण समस्या हुनेगरेको गुनासो गरे । विद्यालयमा पढ्न पठाएर मात्र नहुने भन्दै उनले आफ्ना बालबालिकाको संगत, उनीहरुको व्यवहार र चरित्र निर्माणमा समेत ध्यान दिन अभिभावकहरुलाई सुझाव दिए ।

    एक फरक प्रसंगमा बोल्दै उनले कोभिडले ग्रस्त शिक्षा क्षेत्रमा माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसइइ) को मूल्यांकन विधिमा अबैज्ञानिक तवरले संसोधन गरी सरकारले गल्ती गरेको आरोप लगाए । निरन्तर सिकाइको मूल्यांकन विधिलाई लत्याउदै अंक तोकेर पूरानै पासफेलको नियम ल्याउदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पार्नसक्ने प्रति उनले चिन्ता व्यक्त गरे । आफ्नो संगठन एनप्याब्सन ३ घन्टे मूल्यांकन विधिमा नभई कक्षा कोठा देखिकै नियमित सिकाइ मूल्यांकन विधिको पक्षमा रहेको उनको भनाइ छ ।

    विद्यालय संचालक समितिका अध्यक्ष एवं जलविद्युत उद्यमी बमबहादुर थापाको अध्यक्षतामा सम्पन्न समारोहमा संचालक समिति सदस्य बुद्धिबहादुर थापा, वी क्यान नेपालका अध्यक्ष रत्न राइ, विद्यालयका सल्लाहकार टंकप्रसाद सिटौला, युनिक स्कूलका निर्देशक मुक्त जिसी, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा खेल्ने समूहमाबाट सिक्ने समूह कक्षा १ मा पुगेका बालबालिकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने अघिल्लो २ वर्ष दिक्षान्त समारोह हुन नपाएकाले कक्षा २ र ३ का बालबालिकालाई पनि दीक्षित गरिएको थियो । अतिथिहरुले उनीहरुलाई अविर,ब्याच र प्रमाणपत्र प्रदान गरेका थिए भने अभिभावकहरु पुष्प गुच्छा दिएर दिक्षान्त समारोहमा सरिक भएका थिए ।

    अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले गीत,नृत्य लगायत आफ्ना विविध प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा यस वर्ष उत्कृष्ट शिक्षण सिकाइमा संलग्न भएको भन्दै विद्यालयले आफ्ना २ शिक्षकलाई सम्मानित समेत गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...