News Portal

  • काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्णःशिक्षामन्त्री

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१६ साउन २०७९
    ३३१ पटक
    भक्तपुर,१६ साउन २०७९

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    ‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ सबैसामू छर्लङ पारेका छन् ।’

    विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् । उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने र आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्न बताएका छन् ।

    सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषयमा अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाएमात्र विदेश जानेहरुलाई कम गर्न सकिने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...