News Portal

  • भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    ३१९ पटक
    भक्तपुर,२ भदौ २०७९

     

    भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका ९ का सुरेश भनिने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका ११ घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका २ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका ८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार उनीहरूले सोही नागरिकताको आधारमा सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गर्दै आएका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...